प्रदेश प्रमुख राजेश अहिराज सिधै पुग्छन् पीडितको घरमा

जनकपुरधाम, असार ३ । प्रदेश २ मा कुनै घटना घटनासाथ घटनास्थलमै पुगेर पीडित परिवारको घरमै पुगेर राहत बाँड्ने देखि दुखान्त सुन्ने सम्मको काममा आफ्नो नाम दर्ज गर्न सफल रहेका प्रदेश प्रमुख डाक्टर राजेश झा यतिबेला धनुषाको मुखियारपट्टीमा एउटै गाउँको एउटै पोखरीमा पाँचजना बालिकाहरुको डुबेर मृत्यु भएको खबर पुगेपछि प्रदेश प्रमुख अहिराज छट्पटीदै घटनास्थल पुगेर पीडित परिवारलाई जनही एक क्वीन्टल चामल, दाल लगायतका खाधान बोकेर पुगेका थिए । साथमा थियो क्लोथ बैंक पनि । उनी पहिलोपटक पुगेपछि पीडित परिवारहरुको अनुहारमा थोरै भएपनि चक्क देखिन्थ्यो । झाले मृतकहरुप्रति एकमिनेट मौनधारण पनि गरेका थिए ।

डाक्टर अहिराज यतिबेला प्रदेश २ का दलित समुदायको पक्षमा दरो ढंगले उभेर आफ्नो सशक्त विचारहरु राख्दै आएका छन् । उनले दलित समुदायबाट एकजना पनि मन्त्री नबनाएको भन्दै प्रदेश सारकार अर्को नश्लवादी सरकारको दृश्य रहेको टिप्पणी पनि गर्दै आएका छन् । यसले मुलुकको राजनीतिमा ठूलो तरंग पैदा भएको छ ।

बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको स्थानीय हुलाश यादवको बन्न लागेको माछा फार्मको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो ।

 

जागरण अभियानको बैठक सम्पन्न, चुनाव अगावै मैदानमा

राजदेव दास, कल्याणपुर सप्तरी । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको बैठक सम्पन्न भएको छ । महामारीमा दलित समुदायको अवस्था, सरकारको व्यवहार, संगठनको संरचना, आगामी निर्वाचनमा दलित समुदायको भूमिका लगायत विभिन्न एजेन्डामाथि छलफल भएको छ भने मन्त्री मण्डलमा दलित समुदायको सहभागीता नगरेको भन्दै अभियानले विरोध सभा गर्ने निर्णय समेत गरेको अभियानका केन्द्रिय अभियानता चन्द्रनारायण रामले जानकारी दिनुभएको छ । बैठकमा दलित जनप्रतिनिधि,अगुवा नेताकार्यकर्ता, बुद्धिजीवी, शिक्षक, युवा, महिलाहरुले आ-आफ्नो धारणा राखेका थिए ।

सप्तरीको कल्याणपुर बजारमा रहेको समुदायिक भवनमा सम्पन्न बैठकमा अभियानका केन्द्रिय संयोजक राजेश विद्रोहीको प्रमुख आतिथ्य र जिल्ला संयोजक प्रथमलाल रामको अध्यक्षतामा सम्पन्न बैठकमा रामउमेश दास, बचाइ राम, उपेन्द्र राम, भगवानदेव राम, कलरु राम, ओपिन्द्र राम, तेजनारायण विश्वकर्मा, श्रवण राम, राजकुमार राम, जलेश्वरी मण्डल, सबुरी पासवान, मोहिव राम, सिता सरदार, काजल पासवान, चलितर राम, देवकुमार राम, रामानन्द राम, बद्री सदा, गंगा सदा, चन्द्रनारायण राम, धर्मदेव दास,विक्रम राम, राजेश कुमार राम लगायतका सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

कोशीको बाढीका छ सिंगो वाडाको जीवन

कोशीको बाढीमा छ जीवन । चारैतिर कोशी बग्छ । कोशीको बीचमा छ एउटा सिंगो गाविस अर्थात् अहिलेको एउटा सिंगो वाडा गोबरगाढा गाउँ । हिउँदमा कोशीको हावाहुरी र बालुवाले हैरान पार्छ । वर्खामा बाढीले । चारैतिरबाट बाढी पसेछि रुखमाथि बाँसको झुपडी बनाएर रात काट्छन् यहाँका मानिस । खान, बस्न र सुत्न कति दुःख होला आफै अनुमान गर्नुस् । यहाँका जनताले सरकारलाई वर्षौंदेखि अन्यत्र ठाउँमा जग्गा दिएर बस्ती सार्न भनेपनि कुनै वास्ता छैन् ।

राजेश विद्रोहीको तस्बिर चर्चामा

बाँच्ने थुप्रै विधि छ
यदि मनमा बेइमानी छैन् भने
मानव सेवाको पनि थुप्रै विधि छ
जुका जस्तै अरुको रगत चुसेर बाँच्नु छैन् भने…?

राजेश विद्रोहीको यो तस्बिर किन भयो भाइरल ?

बाँच्ने थुप्रै विधि छ
यदि मनमा बेइमानी छैन् भने
मानव सेवाको पनि थुप्रै विधि छ
जुका जस्तै अरुको रगत चुसेर बाँच्नु छैन् भने….?

अन्तरजातीय विवाहको दुःखद दृश्य

अर्जुनधारा– ११ सालबारीकी तुलसा लोहार एक वर्षअघि हल्दिबारी–६ का बलराम कट्टेलसँग एक वर्षअघि अन्तरजातीय विवाह गरिन् । दलित समुदायकी तुलसाले गत वर्ष १६ साउनमा प्रेमलाई विवाहमा परिणत गरिन् । तर, विवाह गरेको आठ महिनामै श्रीमान बलराले तुलसालाई छाडे । कारण– तुलसा कथित सानो जातकी थिइन् ।

विवाह गर्ने बित्तिकै बलरामले तुलसालाई हल्दिबारीस्थित आफ्नो घर लगेका थिए । आठ दिनसम्म घरमा राखे । परिवारले दलित भनेर थाहा पाएपछि गाउँले भेला गरेर तुलसा र बलरामलाई घरबाट लखेटे । ‘मैले त बलरामलाई म विश्वकर्माकी छोरी हुँ भनेको थिएँ । उसले स्वीकार गर्छु भन्यो । तर, घरमा भनेको रहेनछ । थाहा पाएपछि साउन २४ गते राति उसको सानोबुवा विष्णु भट्टराईले खेदाउनुभयो । हामी राति नै भागेर बिर्तामोड आयौँ,’ उनी भन्छिन्, ‘कामीकी छोरी ल्याएको रहेछ् । एकछिन पनि मेरो घरमा नबस् भन्दै खेदाए । बलरामको घरमा आमा मात्र हुनुहुँदो रहेछ । सानोबुवाको घर नजिकै रहेछ । आमाले त बिहान पठाउनु राति यसो नगर्नु भन्नुभएको थियो । तर, अरूले दिएनन् ।’

दलितसँग विवाह गरेको थाहा पाएपछि उनीहरुलाई लेखेट्न ३०–३५ जना गाउँले आएको तुलसा बताउँछिन् । गाउँबाट लखेटिएपछि उनीहरु बिर्तामोडमा डेरा बस्न थाले । समय बित्दै गएपछि बलरामको रहस्य थाहा पाइन्, तुलसाले । उनले पहिल्यै विवाह गरेका रहेछन् । जेठी श्रीमती र छोरा भारतमा बस्दा रहेछन् । त्यसपछि बलरामले तुलसालाई फरक व्यवहार गर्न थाले ।

आठ महिना त सँगै बसे । तर, गत फागुनमा श्रीमान हराए । फोन अफ गरे । अहिलेसम्म उनी सम्पर्कमा छैनन् । आठ महिनाकी गर्भवती श्रीमती छाडेर फागुनमा हिँडेका बलराम अझै फर्किएनन् । ‘दिदी खसेको ९मृत्यु भएको ० र काममा जान्छु भनेर हिँडेका थिए । हिँडेपछि मोबाइल पनि अफ छ । पर्खेर एक हप्ता डेरामै बसेँ,’ उनी भन्छिन्, ‘एक पैसा थिएन । कति दिन त न खाई बसेँ । तर, नफर्किएपछि बुवालाई बोलाएर माइत फर्किएँ ।’

उनले बैशाखमा छोरा जन्माइन् । अहिले छोराको भविष्य अन्योलमा छ । बुवा हराइरहेकाले जन्मदर्ता पनि हुनसकेको छैन । बलरामसँग विवाह दर्ता पनि भएको छैन । तुलसाको नागरिकतासमेत बनाएको छैन । माइती पनि विपन्न छन् । पहाडबाट सुख खोज्दै तराई झरेको तुलसाको माइती सानो बाँसले बारेको झुप्रो बनाएर बसेको छ । बुवा पूर्णकुमार पुख्र्यौली पेशा आरान चलाएर बसेका छन् ।

आठ जनाको परिवार यही आरानबाट जसो तसो धानिएको छ । ‘दुःख बिराम पर्दा उपचार गर्ने पैसा त हुँदैन । यो पेशाले धन्न खान चाहिँ पुगेको छ,’ पूर्णबहादुर भन्छन्, ‘यही माथि छोरीको यस्तो विचल्ली भयो ।’ पूर्णबहादुरले छोरीलाई डेराबाट ल्याउँदा पनि ऋण गरेर ल्याए । ‘केही महिनादेखि कोठाको भाडा तिरेको रहेनछ । पसलमा पनि ऋण रहेछ । मैले पनि खोजेर तिरेर छोरी ल्याएँ,’ पूर्णबहादुर भन्छन्, ‘ज्वाई एकपटक घर आएका थिए । त्यो वेलै शंका लागेको थियो । दलित भएकै कारण उसले मेरो छोरीलाई छाडेको हो । कम्तीमा छोरीले न्याय पाउनुपर्छ भन्नेर लागेका छौँ । के गर्ने केही थाहा छैन ।’

बलराम हराएपछि पूर्णबहादुर आफैँ लागेर खोज्न लागे । खोजतलासका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन पनि दिए । ‘सुरुमा निवेदन लिन पनि मानेको थिएन । प्रहरीले वडामा गएर निवेदन लिएर आउनु भने । वडामा जाँदा यो मान्छे हामीले चिनेको सीधा छ भनेर दिनै मानेनन्,’ पूर्णबहादुर भन्छन्, ‘बल्लबल्ल प्रहरीले निवेदन दर्ता गरेको छ । तर, अहिलेसम्म खोजिगरिदिएको छैन ।’

इलाका प्रहरी कार्यालय अनारमनीले भने निवेदन लिएर खोजतलासको प्रक्रिया अघि बढाइएको जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बलरामको खोजीका गर्न हल्दिबारीका प्रहरीलाई घरसम्म पठाइएको बताए । ‘खोजतलासका लागि निवेदन लिएर सबैतिर हुलिया परिपत्र गरेको छ,’ उनले भने, ‘हल्दिबारीको घरमा समेत पुलिस पठायौँ । अहिलेसम्म घरमा आएको छैन भन्ने भयो । यसमा त हुलिया परिपत्र त गर्ने हो नि । अरू त के छ र ? ’ (नयाँ पत्रिकाबाट साभार )