राजदेव दास, कल्याणपुर सप्तरी । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको बैठक सम्पन्न भएको छ । महामारीमा दलित समुदायको अवस्था, सरकारको व्यवहार, संगठनको संरचना, आगामी निर्वाचनमा दलित समुदायको भूमिका लगायत विभिन्न एजेन्डामाथि छलफल भएको छ भने मन्त्री मण्डलमा दलित समुदायको सहभागीता नगरेको भन्दै अभियानले विरोध सभा गर्ने निर्णय समेत गरेको अभियानका केन्द्रिय अभियानता चन्द्रनारायण रामले जानकारी दिनुभएको छ । बैठकमा दलित जनप्रतिनिधि,अगुवा नेताकार्यकर्ता, बुद्धिजीवी, शिक्षक, युवा, महिलाहरुले आ-आफ्नो धारणा राखेका थिए ।

सप्तरीको कल्याणपुर बजारमा रहेको समुदायिक भवनमा सम्पन्न बैठकमा अभियानका केन्द्रिय संयोजक राजेश विद्रोहीको प्रमुख आतिथ्य र जिल्ला संयोजक प्रथमलाल रामको अध्यक्षतामा सम्पन्न बैठकमा रामउमेश दास, बचाइ राम, उपेन्द्र राम, भगवानदेव राम, कलरु राम, ओपिन्द्र राम, तेजनारायण विश्वकर्मा, श्रवण राम, राजकुमार राम, जलेश्वरी मण्डल, सबुरी पासवान, मोहिव राम, सिता सरदार, काजल पासवान, चलितर राम, देवकुमार राम, रामानन्द राम, बद्री सदा, गंगा सदा, चन्द्रनारायण राम, धर्मदेव दास,विक्रम राम, राजेश कुमार राम लगायतका सयभन्दा बढीको उपस्थिति रहेको थियो ।