लाखौंको चलखेल र भोजपछि गरुराहा स्कलमा शिक्षकको हाजिर

हामी नेपाल डटकम । सप्तरीको खड्क नगरपालिका ३, मा रहेको श्री राष्ट्रिय प्राथमिक विधालय गरुराहामा विधालयका प्रअ सुखैर चौधरी, व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर चौधरी र केही स्थानीय बीचौलियाहरुको रोहबरमा भोजपुर जिल्लामा कार्यरत शिक्षक शोभाकान्त चौधरीसँग पैसा र भोज लिएर हाजिरी गराएको तस्बिर समाजिक संजालमा भाइरल भएको छ भने शनिबारको कान्तिपुर पत्रिकामा अवधेश झाले विस्तृत रिपोर्ट सहित समाचार सार्वजनिक गरेका छन् ।

स्थानीय एक आँपको बगैचामा लगभग तीन सयभन्दा बढी मानिसहरूलाई मासु चिउरा खुवाएर अन्तर जिल्ला सरुवाको लागि शिक्षकलाई विधालयबाट गोप्य रुपमा सिफारिस दिएर हाजिर गराएका थिए भने गाउँकै अरु शिक्षकले आफूहरूले पनि पैसा तिरेर आफ्नै गाउँको विधालयमा गाउँका बालबालिकाहरुलाई पढाउने सपना देखेर उक्त खाली ठाउँमा आउन प्रअसँग सहमति मागेका थिए । तर प्रअले विधालयमा विधार्थी कम रहेकोले कोटा कटौती भएको भनेर उनीहरुलाई पन्छाएर आफ्नो जात र पैसालाई गोप्य रुपमा सहमति दिएर यस्तो घृणित काम गरेको स्थानीय एकजनाले बताए । विधालयमा ९० प्रतिशत विधार्थी दलित समुदायको छ । तर विधालय व्यवस्थापन समितिको अध्यक्षमा दलितलाई कहिले हुन दिँदैन । केही महिना अगाडि नगरपालिकाको शिक्षा शाखाले लेनदेनको आधारमा भुवनेश्वर चौधरीलाई विधालय व्यवस्थापन समितिको अध्यक्षमा एक्कासी न्युक्तिपत्र दिएर पठाएको, जबकी त्यहाँ विवाद थियो उनले थपे ।

भोजमा उपस्थित एकजना स्थानीयले भन्छन्, बैठकमै शिक्षकले आफूले विद्यालयलाई डेढ लाख रूपैयाँ दिएको र अन्यत्र पनि खर्च भएकाले सहज रुपमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए । तर प्रअ र अध्यक्षले गोप्य रुपमा लिएको पैसा केही स्थानीयले थाहा पाएपछि विधालयमा पंचायत समेत राखेका थिए । पंचायतमा शिक्षकले आफूले डेढलाख पैसा दिएको स्वीकार गरेका थिए । त्यसपछि कुरा लम्केको थियो । शिक्षकले आफू ठाउँ – ठाउँमा पैसा दिएर यहाँ आएको र थप पैसा दिन असमर्थ रहेको जनाएपछि त्यो दिनको बैठक स्थगित भएको थियो । धेरै दिनपछि शिक्षकले केही थप पैसा र गाउँलेलाई भोज खुवाउने गच्छेका थिए । तर त्यो भोजमा भने सबै गाउँलेलाई थाहा थिएन ।

यसरी भएको थियो भोज :
आँपको बगैंचामा सोमबार साँझ एकाएक स्थानीयको भीड लाग्न थाल्यो । बाटो हिँड्नेहरू पनि केहीबेर टक्क रोकिन्थे र सोधखोज गरेर अघि बढ्थे । त्यही बेला बगैंचाको पूर्वी भागमा भने मासु पाकिरहेको थियो । न कसैको बिहे न त धार्मिक संस्कार । स्थानीय भने भोजमा जुटिरहेका थिए । भोज आयोजना गर्नुको कारण भने अनौठो छ ।

शोभाकान्त चौधरी पूर्वी पहाड भोजपुरको एक प्राथमिक विद्यालयमा पढाउँथे । गृहजिल्ला सप्तरी सरुवा हुन उनी एक वर्षयता भने ‘हात धोएर’ लागिपरेका थिए । उनले सबैजसो शक्ति लगाए पनि विद्यालय र पालिकाको सहमति पाउन नसक्दा सफल हुन सकिरहेका थिएनन् । अचानक उनले खडग–३ को गरुराहास्थित राष्ट्रिय प्राविमा एउटा दरबन्दी खाली रहेको खबर सुने । तर उक्त दरबन्दीमा आउन अरू तीन जना लबिइङ गरिरहेका रहेछन् । उनीहरूले विद्यालयका प्रधानाध्यापकदेखि वडाध्यक्षसम्मलाई भनसुन गर्न भ्याइसकेका थिए ।
उक्त विद्यालयमा करिब ९० प्रतिशत दलित र बाँकी थारू समुदायका बालबालिका पढ्छन् । गाउँकै शिक्षक आउन चाहँदा प्रधानाध्यापक सुखैर चौधरीले सुरुमा विद्यार्थी कम भएकाले शिक्षक दरबन्दी कटौती भएको बताउँदै आएका थिए । स्रोतका अनुसार शोभाकान्तसहित चार शिक्षकले सरुवा भएर आउने चाहना राखेपछि प्रअ सुखैर पनि मोलमोलाइमा लागे । शोभाकान्त त चार महिनायता नै प्रयासरत थिए । अरू प्रतिस्पर्धी आइलागेपछि उनीबारे निर्णय हुन सकेको थिएन । ‘डेढ लाख रुपैयाँ बुझाए मात्र सहमति दिने प्रअबाट प्रस्ताव आएपछि उनी सहमत भए र उक्त रकम दिए,’ स्रोतले भन्यो । अन्य तीन जनालाई रोक्दै प्रअले शोभाकान्तलाई साउन १ देखि विद्यालयमा हाजिर हुन सहमति दिएका हुन् ।

विद्यालयले सहमति दिए पनि पालिकाबाट अनुमति लिनुपर्ने बाध्यता शिक्षक शोभाकान्तसामु आइलाग्यो । नगरपालिकामा पनि उनी लबिइङका लागि लामो समय धाइरहे । आर्थिक कारोबार मिलाएपछि नगरपालिकाले उनलाई साउन २७ गते सहमति दिएको नगरपालिका स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत निरज देवले भने कुनै आर्थिक चलखेल नभएको दाबी गरे । ‘नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट सहमति लिएको २७ दिनपछि आर्थिक लाभ लिएर उनलाई विद्यालयमा हाजिर हुन सहमति दिएको हो,’ स्रोतले भन्यो । पालिकाबाट समेत सहमति लिइसकेपछि शोभाकान्तले शिक्षा समन्वय इकाइ सप्तरीमा पनि ‘घूस खुवाएको’ स्थानीयको दाबी छ ।

शिक्षक शोभाकान्त भदौ १ गते विद्यालयमा हाजिर भएपछि स्थानीयले विरोध जनाए । दरबन्दी नै नभएको ठाउँमा कसरी हाजिर गराइयो भनेर उनीहरूले प्रश्न उठाए । त्यसपछि विद्यालय प्रशासनले स्थानीय बासिन्दासमेतलाई सहभागी गराएर बैठक राख्यो । ‘बैठकमै शोभाकान्तले आफूले विद्यालयलाई डेढ लाख दिएको र अन्यत्र पनि खर्च भएकाले सहज रूपमा काम गर्ने वातावरण मिलाइदिन हामीसँग आग्रह गरेका थिए,’ एक स्थानीयले भने । उनका अनुसार विद्यालय प्रशासनलाई किन घूस दिएको भन्दै स्थानीयले बैठकमै विरोध गरेका थिए । स्थानीयको आक्रोश मत्थर पार्न प्रअ सुखैरले शिक्षक शोभाकान्तको हाजिर सुरु भइसकेको भन्दै कामकाज गर्न दिन आग्रह गरे । यसबापत शोभाकान्तले स्थानीयलाई भोज खुवाउनुपर्ने सहमति त्यहीं बन्यो ।

यही सहमतिअनुसार सोमबार साँझ आँप बगैंचामा भोज गरिएको हो । भोजमा गरुराहाका सबैजसो उमेरका ३ सयभन्दा धेरै स्थानीय सहभागी थिए । ‘कुखुराको मासु, चिउरा, भुजा खायौं,’ भोजमा सहभागी एक स्थानीयले भने, ‘हेडसर र पालिकाका सरले नगद खाए, हामीले भोज पनि खान नपाउने ?’ आफूहरूले विरोध गर्दा पनि सुनुवाइ नभएपछि भोज खाने सर्तमा सहमति दिएको उनको भनाइ छ ।

प्रअ सुखैर चौधरीले शिक्षक शोभाकान्तलाई भदौ १ बाट हाजिर गराएको स्वीकार गरे पनि थप कुरा गर्न चाहेनन् । यस विषयमा जिल्ला शिक्षा समन्वय इकाइ सप्तरीमा बुझ्दा प्रमुख विजय मण्डल बिदामा रहेको र उनीसँगै कागजात रहेकाले केही बताउन नसकिने शाखा अधिकृत प्रकाश गुरुङले बताए ।

एउटाको दाहसंस्कार सकेर फर्किदा अर्कोको निधनले वस्ती शोकमा

श्यामसुन्दर राम १ असोज । सप्तरीको खड्क नगरपालिका ३, गरुराहा गाउँमा एउटाको दाहसंस्कार सकेर गाउँ फर्किदा अर्कोको मृत्यु भएपछि पुरै बस्ती शोकमा छन् ।

लामो समयदेखि बिरामी रहेका ६८ वर्षीय भोजाई रामको बिहिवार बेलुका निधन भयो । भोलिपल्ट बिहान दस बजे पुरै गाउँलेहरू उसको दाहसंस्कारमा निस्के । दाहसंस्कार सकेर गाउँ पस्न बितिकै मलामी जानेहरुको अर्को खबर आयो । ७८ वर्षीय रामा रामको पनि निधनको । तर कसैले पत्याए भने कसैले पत्याएन ।

हिन्दु समाजिक परम्परामा कसैको मृत्यु भयो भने जुठो लाग्ने दियादी दाजुभाइहरुले दाहसंस्कार अगाडि केही पनि खान पाउँदैन । ढिलो दाहसंस्कार गरि फर्केका मलामीहरु भोकले छट्पटी रहेका थिए । हतारहतार नुहाई धुवाई गरेर गाउँमा धेरैले खाना खाईसकेका थिए धेरैले खानै पाएका थिएन । यसैको बीचमा अर्को निधनको खबर आउँदा गाउँलेहरु भोकले छट्पटी रहेका थिए । २४ घण्टा खान नपाउँदा ठूलो मानिसले त भोक सहँला तर ससाना बालबालिकाहरु भने भोक पचाउन कसरी सक्ला ? ठूलो भन्दा साना केटाकेटीहरु भोकले छट्पटी रहेका थिए । चुलो भने कसैको बलेको थिएन । किनभने मृतक दुबैजना आफ्नै दाजुभाइ दियादीका थिए । गरुराहा गाउँ रामटोलमा मृतक दुबैको दाजुभाइ दियादीको सबैभन्दा ठूलो जनसंख्या रहेको छ ।

स्थानीय जगदेव राम भन्छन्, भोजाई रामको निधनको कुनै शंका थिएन । बरु केही दिनदेखि उमेर पुगिसकेको रामा रामको अवस्था गम्भीर रहेको गाउँमा चर्चा थियो । तर उहाँ भन्दा पहिले अर्कोको मृत्युुले वस्ती पुरै शोकमा छन् । इतिहासमा यस्तो घटना यो गाउँमा चर्चित हैजा रोगपछि पहिलो घटना हो । उनले थपे, दुबै विरामी थिए । दुबैको उमेर पुगेको थियो । संयोग विश्वकर्मा पुजाकै दिन दुबैको निधन जुरेकोमा सम्झिदै उनले श्रद्धाञ्जली समेत व्यक्त गरे ।

पाँच सय पचास वर्ष राखेको लाशमा कसरी पलायो कपाल र नंग

असोज १ शुक्रबार । छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको चिसो मरुभूमिमा समुद्र सतहभन्दा १ हजार ४९९ मिटर उचाइमा अवस्थित छ ।

भारत र चीनको सीमामा रहेको सो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि चर्चित छ । अझ सो गाउँमा रहेको साढे ५ सय वर्ष पुरानो शव हेर्नका लागि संसारभरका मानिसहरु आउने गरेका छन् ।

स्पिति घाटीको प्राचीन ताबो गुम्बाभन्दा करीब ५० किलोमिटर टाढा भारत-चीन सीमामा रहेको गयू गाउँ वर्षमा ६ देखि ८ महिनासम्म हिउँले ढाकिने हुनाले बाह्य संसारबाट सम्बन्ध टुट्दछ ।

सो गाउँका मानिसहरुमा उक्त सयौँ वर्ष पुरानो लासप्रति अगाध आस्था र सम्मान छ । मानिसहरु उक्त ममीलाई जिवित भगवान मानेर पूजा गर्दछन् । उक्त लास तिब्बतबाट गयूँ गाउँमा आएर तपस्या गरेका बौद्ध भिक्षु सांग्झा तेन्जिङको भएको जनविश्वास छ ।

ती भिक्षु साधनामा लीन भएकै बेला प्राणत्याग गरेका थिए, जतिबेला उनी ४५ वर्षका थिए । यो दुनियाँको एकमात्र ममी हो, जुन बसेको अवस्थामा छ ।

उक्त लासको वैज्ञानिक अनुसन्धानका क्रममा यसको उमेर साढे ५ सय वर्ष भएको पुष्टि भएको छ ।

मृत शरीरलाई ममी बनाउनका लागि लासमा एक विशेष खालको लेप लगाइन्छ । तर यो ममीमा भने कुनै पनि लेप लगाइएको छैन र पनि साढे ५ शताब्दीसम्म सुरक्षित रहेको छ । यो एउटा रहस्य तथा चमत्कारको विषय बनेको छ ।

अझ सबैलाई अचम्ममा पार्ने कुरा त यो ममीका कपाल र नङ अहिले पनि बढिरहेका छन् । स्थानीय बासिन्दाहरु यसको कपाल र नङ जीवित मानिसमा जस्तै निरन्तर बढिरहने दाबी गर्दछन् ।

स्पिति उपत्यकाको गाउँ । भारत तिब्बत सीमा पुलिसले सडक निर्माणका क्रममा उक्त ममी फेला पारेको थियो । सन् १९७५ मा गएको भूकम्पमा परेर उक्त ममी जमिनमा पुरिएको रहेछ । र सन् १९९५ मा सडक निर्माणका क्रममा त्यो फेला पर्‍यो । भनिन्छ, सडक खन्ने क्रममा कोदालोले उक्त लासको टाउकोमा चोट लागेको थियो र त्यसरी चोट लाग्दा रगत पनि आएको थियो । टाउकोमा लागेको उक्त चोट अहिले पनि देख्न सकिन्छ ।

सन् २००९ सम्म उक्त ममीलाई ITBP को क्याम्पसमा राखियो । तर उक्त लास हेर्न आउने मानिसहरुको ठूलो संख्यालाई मध्यनजर गर्दै त्यसलाई उसकै गाउँमा प्रतिस्थापित गरियो ।

पेन्सिल्भेनिया विश्वविद्यालयका शोधकर्ता भिक्टर मेरका अनुसार गयू गाउँमा रहेको सो ममी ५५० वर्ष पुरानो हो । सयौँ वर्ष पहिले बौद्ध भिक्षुहरु व्यापारको सिलसिलामा भारत तथा तिब्बतबीच आवतजावत गर्दथे । त्यहीँ समयमा एक बौद्ध भिक्षु सांग्झा तेन्जिङ गयू गाउँमा योगमुद्रामा ध्यान गरेर बसे र त्यहीँ उनको मृत्यु भयो । त्यहीँ समयमै उनको मृत शरीरलाई एक स्तूपमा राखिएको थियो ।

( अनलाइन खबरबाट सभार )

अध्यादेश खारेज नभए सरकारमा जाँदैनौं – उपेन्द्र यादव

सिन्धुली २९ भदौ । जसपाका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले सरकारले दल फुटाउने अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने बताएका छन् ।

सिन्धुली जिल्लाको सदरमुकाम माडीको पुकार होटेलमा आयोजित पार्टीको संगठन सुदृढीकरण र जनजागरण अभियान (सुज ) अभियानको समुदघाटन कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन आएका यादवले पत्रकार सम्मेलनमा त्यसो भनिएको हो ।

उनले भने, पाँच दलित साझा सहमतिय सरकारको नेतृत्व गरेको शेरबहादुर देउवाले सहमतिय दलसँग कुनै सल्लाहै नगरी पुरानै काँग्रेसी शैलीमा मनपरि निर्णय गरिरहेकोले यो सरकारमा सहभागी हुन सकस परेको बताए । उनले थपे, सरकारमा जानेबारे कुन मन्त्रालय कुन दललाई दिने सहमति नभएको हुँदा आफ्नो पार्टीबाट मन्त्री पठाउन सकस भएको बताएका छन् ।

प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह सबैभन्दा धेरै भ्रष्टाचारी

जनकपुर, २७ भदौ । प्रदेश २ सरकार गठन भएदेखि नै भ्रष्टाचारको आरोप खेप्दै आएका समाजिक विकास मन्त्री नवल किशोर साहले प्रक्रिया नै पुरा नगरी खर्च गरेको १६ करोड भन्दा बढि बजेट वेरुजु देखिएको छ ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, २०७८ अनुसार समाजिक विकास मन्त्रालय तर्फ रु.९ करोड १९ लाख ६८ हजार वेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि मन्त्रालयले रु.१ करोड १८ लाख ३६ हजार वेरुजु फर्छयोट गरेको छ । यद्यपी समाजिक विकास मन्त्री साहको सेटिंगमा प्रक्रिाय विपरित खर्च गरिएको रु.८ करोड १ लाख ३२ हजार वेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । समाजिक विकास मन्त्रालयको मातहतको कार्यालय, संस्था तथा समिति तर्फ रु. ८ करोड २५ लाख ८० हजार वेरुजु देखिएकोमा प्रतिक्रियाबाट फर्छयोट नभएकाले समाजिक विकास मन्त्रालयको एक वर्षमा १६ करोड २७ लाख १२ हजार अभैm वेरुजु रहेको प्रतिवेदनमा उल्लेखछ ।

उक्त वेरुजु मध्ये रु. ३ करोड ६८ लाख ७२ हजार समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की रहेको महालेखापरिक्षकले जनाएको छ । मन्त्रालय अन्तर्गत रहेका ७ संस्था तथा समिति तर्फ रु.१ करोड ४५ लाख २१ हजार म्याद नाघेको पेश्की रहेको छ । महालेखा परिक्षक प्रतिवेदन अनुसार समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की रु. ५ करोड १३ लाख ९३ हजार पेश्की रहेको छ । जुन प्रयोजनको लागी पेश्की दिएको हो सो प्रयोजन अनुसार कार्य सम्पन्न गरी पेश्की फछर््यौट गर्नु पर्ने कानूनी व्यवस्था छ । लेखापरीक्षणबाट म्याद नाघेका पेश्की नियमानुसार असूल गर्नु पर्ने महालेखा परिक्षक कार्यालयले जनाएको छ ।

समाजिक विकास मन्त्री साह र उनका छोरा सुमित साह सुडि कमिशनको चक्करमा मिलोमतोमा अनियमित तरिकाले बजेट खर्च गर्दा वेरुजु र पेश्कीको चाँङ्ग लागेको छ । समाजिक विकास मन्त्रालयको बजेटमा भ्रष्टाचार हुनु कुनै नौलो घटना होईन । यस अघि पनि मन्त्री साह र उनको छोराको कमिशनको घटनाहरु सार्वजनिक भईसकेको छ । महालेखा परिक्षक प्रतिवेदनले यस मन्त्रालयको खर्च र भ्रष्टाचारको जडलाई बाहिर ल्याएको मन्त्रालय भित्र नै चर्चाछ ।

कोरोण नियन्त्रणको नाममा प्रत्येक खरिदमा भ्रष्टाचार:

कारोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको आर्थिक वर्ष २०७६/७७ को आय व्यय विवरण अनुसार समाजिक विकास मन्त्रालयबाट रु. २५ करोड र प्रदेश स्थित संघ, संस्था तथा कार्यालयबाट सहयोग प्राप्त रु. ३ करोड ९७ लाख ६० हजार समेत रु. २८ करोड ९७ लाख ६० हजार रहेको छ । उक्त मध्ये १८ करोड ५४ लाख ८० हजार खर्च गरेको छ । रु. १० करोड ४२ लाख ८० हजार मौज्दात रहेको प्रतिवेदनमा उल्लेखछ ।

कोषबाट खर्च भएको रु. ८५ लाख ७७ हजार मन्त्रालयमा र रु.७२ लाख विविध खातामा ट्रान्सफर गरिएको पाईएको छ । कोभिड १९ रोकथाम तथा उपचार सम्बन्धी विभिन्न कार्य गर्ने, लेखा राख्ने र लेखापरिक्षण गराउने गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुर, मध्येपूर्वी पृतना हेडक्वाटर बर्दिबास, भिम दल गण सप्तरी, वि.पि.मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट, स्वास्थ्य कार्यालय रौतहट र अन्य १० अस्पताललाई रु. १६ करोड ९७ लाख ४ हजार निकासा दिएको छ । उक्त रकम सम्बन्धित निकायले खर्च गरेको वा नगरेको भन्ने मन्त्रालयले हालसम्म गुपचुप राखेको पाईएको छ ।

मिडिया व्रिफिंगमा अनियमितता:
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ मा सार्वजनिक निकायले एक लाख रुपैयाँ भन्दा बढी रकमको सोझै खरिद गर्न नमिल्ने कानूनी व्यवस्था छ । मौजदा सूचिमा रहेका कम्तीमा तीन वटा परामर्श दाताबाट लिखित रुपमा दरभाउपत्र वा प्रस्ताव माग गरी खरिद गर्नुपर्ने तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(२) बमोजिम खरिद कार्य गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्न नहुने उल्लेखछ । यद्यपी, समाजिक विकास मन्त्री साहको मिलोमतोमा कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि तथ्यांक र सूचना सहित मिडिया ब्रिफिंगको लागि एक प्रोडक्सन हाउस प्रा.लि.लाई सोझै छनोट गरी रु. ९ लाख ८० हजार र अर्को एक मिडिया प्रा.लि.लाई १२ लाख ६० हजार भुक्तानी दिएको छ । उक्त प्रा.लि आफैले तया गरी प्रसारण गर्ने उक्त व्रिफिंग नेपाल टेलिभिजन इटहरी, रेडियो नेपाल बर्दिवास र सामुदायिक रेडियो प्रशारण संघ लगायतका संचार माध्यबाट समेत नि:शुल्क प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउने सम्झौतामा उल्लेखछ । यद्यपी, सो अनुसार प्रसारण गराएको पुष्टि हुने प्रमाण पेश नै गरेको छैन् ।

मन्त्रालयले सोझै २ परामर्शदाता छनोट गरी रु. १३ लाख ३५ हजार भुक्तानी गरेको लेखापरिक्षक प्रतिवेदनमा उल्लेखछ । महालेखापरिक्षक प्रतिवेदन अनुसार भिडियो सामग्री उत्पादन गरेको कुनै प्रमाण मन्त्रालयमा पेश नै छ्रैन् । संदेश प्रसारण गर्ने एफ.एम रेडियोहरुले दैनिक प्रसारण तालिका समेत मन्त्रालयमा पेश गर्नु पर्ने सम्झौता गरेकोमा प्रसारण भएको प्रमाण संलग्न नगरी भुक्तानी गरेको नियमित देखिएन् ।

मन्त्रालयको अनुरोधमा मध्येपूर्वी पृतना हेडक्वाटर बर्दिबासले विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाईनलाई सामान खरिद गरी मन्त्रालयलाई उपलब्ध गराएको भनी एक ट्रेडर्सको विल अनुसार समर सिरक १ हजार, तन्ना/सिरानीको खोल १ हजार र सिरानी १ हजार थानको रु. २६ लाख ५ हजार भुक्तानी माग गरेको आधारमा मन्त्रालयले उक्त ट्रेडिंगलाई सो रकम भुक्तानी दिएको छ ।

यसैगरी एक इण्डष्ट्रिजबाट मेट्रेस खरिद गरी मन्त्रालयमा उपलब्ध गराएको भनी रु. ३५ लाख ६३ हजार समेत रु. ६१ लाख ६८ हजार मन्त्रालयले सोझै भुक्तानी दिएको खुलासा भएको हो । उक्त सामान दाखिला तथा प्रयोग गरेको स्थान खुलाएको छ्रैन । दाखिला तथा प्रयोगको अवस्था खुल्ने प्रमाण पेश गर्न महालेखा परिक्षक कार्यालयले निर्देशन दिएको छ ।

अनुदानमा अनियमतिता :
मन्त्रालयले कोभिड १९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा प्रदेश २ अन्तर्गतका आठ वटै जिल्ला स्वास्थ्य कार्यालयहरुलाई केस इन्भेष्टिकेशन एण्ड कन्ट्रयाक्ट ट्रेसिंगको लागि चिकित्सक स्वास्थ्यकर्मी परिचालन खर्च वापत मन्त्रालयको २१ असार २०७७ को निर्णयानुसार प्रति कार्यालय रु. २ लाखका दरले रु.१६ लाख निकासा दिएको छ ।
उक्त निकासा एल.एम.वि.आई.एस. मार्फत निकासा नभई सोझै स्वास्थ्य कार्यालयको नाममा चेक काटेर भुक्तानी दिएको खुलासा भएको हो । उक्त स्वास्थ्य कार्यालयले आप्mनो खातामा आम्दानी बाँधी लेखापरिक्षण गराएको प्रमाण पेश गर्न निर्देशन दिएको छ ।

सिभिल बैंकले बाँडे अपांग बालबालिकालाई शैक्षिक सामग्री

हामी नेपाल टडकम । सिरहाको गोलबजार नगरपालिकामा रहेको सिभिल बैंकको बैंक शाखाले भदौ २० गते शिक्षा तथा साक्षरता दिवसको अवसरमा २० जना अपांग बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

गोलबजार नगरपालिकामा रहेको जनता माविका ११ जना र वाडा नम्बर ९, ब्रहमपुरीमा रहेको जनता माविकोका ९ जना अपांग बालबालिकाहरुलाई शैक्षिक सामग्री बाँडेको बैंकका शाखा प्रबन्ध अरुणकुमार महतोले जानकारी दिनुभएको छ ।

शैक्षिक सामग्रीमा प्रतिविधार्थी ५ वटा काँपी, ५ वटा कला, ५ वटा पेन्सिल वितरण गरेको उनले बताए । शाखा प्रबन्ध महतोको बैंकिङ क्षेत्रमा राम्रो दखल र राम्रो पब्लिसिटी रहेको मानिन्छ । त्यसैले गोलबजारमा सिभिल बैंकको यतिबेला राम्रो चर्चामा रहेको छ ।