पार्टी विभाजनको सुरुवात गर्ने लोभीहरु अझै पनि जसपामा छ – महेन्द्र राय यादव

जनकपुर ११ भदौ । जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादवले, अहिले पनि पार्टी फुटाउन सुरुवात गरेको स्वार्थी तत्वहरु पार्टीमा रहेको संकेत गरेका छन् ।

शुक्रबार जनकपुरको उधोग वाणिज्यसंघको हलमा आयोजित पार्टीको जनजागरण तथा अभिमुखीकरण (सुज अभियान ) कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका छन् । उनले भने,महन्थ ठाकुर र राजेन्द्र महतो मधेसको सबैभन्दा घटिया नेता रहेको यसपटक प्रमाणित भएको छ । उनीहरुको भ्रममा कोही नपर्नु । उनीहरुको रिमोट अन्तै रहेको समेत बताए ।

जदयु नेता सत्यनारायण साफी बेलाही पंचायतसे चुनाव लड़नेका किया घोषणा

लदनियां मधुबनी विहार । जनता दल युनाइटेड मधुबनीका जिला उपाध्यक्ष सत्यनारायण साफी ने बेलाही पंचायतसे चुनाव लड़ानेका इच्छा व्यक्त किया है ।

उन्होंने अपने फेसबुक में लिखा है कि मैं इसबार बेलाही पंचायतसे पंचायत समिति सदस्य में चुनाव लड़ेंगें । आप सभी जनता मालिकसे हार्दिक अनुरोध है कि कृपया सेवा करनेका मौके दिया जाए । इसके लिए मैं सत्यनारायण साफी सदा आपका आभारी रहूंगा ।

वर्तमान में उनकी धर्मपत्नी प्रमिला देवी जो लदनियां प्रखण्ड के पूर्व प्रमुख एवं वर्तमान में प्रखण्ड प्रामरसी समिति के अध्यक्ष है । उसे पहले प्रमिला देवी दश वर्ष तक मुखिया थी । इसबार सत्यनारायण साफी ने खुद अपने भी चुनाव लड़नेके तैयार कर रहे हैं ।

नेपाल भारतको सम्बन्ध अटुट है : जदयु नेता सत्यनारायण साफी

लदनियाँ मधुवनी भारत । जनता दल युनाईटेड मधुवनी जिल्लाका जिल्ला उपाध्यक्ष सत्यनारायण साफीने नेपाल भारत बीचको सम्बन्धको अटुटको संज्ञा दिया है । उसने कहा नेपाल भारत जनताका बीचमे बेटीरोटीको सम्बन्ध ओसाही नही कहा गया है । इसको बहुत भारी व्याख्या है । इसलिए कोइ चाहते हुए भी दोनो देशको जनताको सम्बन्ध नहि तोड सकता है ।

हामी नेपाल डटकमको प्रतिनिधिके साथ उसने कहा हमारी पार्टी इस सम्बन्धको बहुत ख्याल करता है । हम हरेक तरहसे सहयोग कर सकता हुँ, करेगे भी । लेकिन ईश अच्छा सम्बन्ध नहि तोर सकता है । अभि कोभिडका समयमे बोडर कडा है । ईसमे पहल हो तो हमारी सरकार पुरी तरह खोलनेके लिए तयार है । उसने बताया कमजोरी हमारा नहि है, नेपाल सरकारका कम्जोरी है । मिलकर समाधान करना चाहिए । जनताको आपसी जीवन चलानेमे बहुत असर हो रहा है । बोडरपर ओहरदोहर करनेमे समस्या है । हमसब पहल करेगे ।

खाम्बामा बाँधेर दलित महिला जनप्रतिनिधि कुट्ने पक्राउ

पार्वती चौधरी, ६ भदौ काठमाडौं अनामनगर । बाराको कलैया उपमहानगरपालिका २७, कि जननिर्वाचित दलित महिला सदस्य तारादेवी पासवानलाई खाम्बामा बाँधेर निर्मम यातना दिएको फोटो समाजिक संजालमा भाइरल भएपछि प्रहरीले पीडक जोगिन्द्र साहलाई पक्राउ गरेका छन् ।

पासवानलाई साह समूहले बुधबार राती ११ बजे मध्यरातमा घरबाट उठाएर लगि खम्बामा बाँधेर कुटपिट भएको छ । निर्मम रुपमा कुटपिट गर्दै पासवानको शरीरमा रहेको कपडा समेत च्यात च्युत पारेका छन् । गाउँमा एकजनाको बुहारीलाई अरु केटासँग भगाउनमा हात रहेको शंकाको भरमा ४५ वर्षीय जोगिन्द्र साहको नेतृत्वमा दर्जनौं मानिसहरुको समूहले जनप्रतिनिधि पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेको प्रहरीले जनाएको छ।

प्रहरीले कुटपिट गरिरहेको खबर पाउनासाथ राति करिब साढे ११ बजे घटनास्थल पुगेर पासवानलाई उद्धार गरि कलैया हस्पिटल पुर्याएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् । उनका अनुसार प्रहरी पुग्नासाथ कुटपिट गर्नेहरु भागेका थिए। कुटपिट गर्नेको नेतृत्व गर्ने जोगिन्द्र साहलाई पक्राउ गर्न सफल भएको र अन्यको खोजबिन भैरहेको उनले जानकारी दिएको छ।

कुटपिट गर्ने साह लगायत ८ जनाविरुद्ध शुक्रबार सामाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार मुद्दा दर्ता भएको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए ।

पार्टी फुटाउने अध्यादेश होइन थ्रेस होल्ड हटाउने अध्यादेश ल्याउ

जसपाका केन्द्रीय सदस्य राजेश विद्रोहीले शेरबहादुर देउवाको नेतृत्वमा बनेको पाँच दलीय साझा सरकारले राजनीतिक दल फुटाउने अध्यादेश ल्याउने कुरा समाजिक संजालमा सार्वजनिक भएपछि उनले यो सरकारले पनि पुरानै चरित्रको नेतृत्व पाएकोले त्यसो हुन सक्ने बताएका छन् । उनले भने, यो सरकारबाट हामीले केही नयाँ अपेक्षा गरेको हो भने त्यो भ्रम हो ।

आफ्नो मनोमानी ढंगले हिंडे र सरकार चलाए ओली सरकारकै भाई सरकारको रुपमा यो सरकार पनि सावित हुने बताएका छन् । उनले आफ्नो फेसबुक ट्विटरमा लेखेका छन्, पार्टी फुटाउने अध्यादेश होइन हिम्मत छ भने थ्रेस होल्ड हटाउने अध्यादेश ल्याएर देखाउ । जसले पुस्तौंदेखि समाजिक, आर्थिक र राजनीतिक रुपमा दोहन गरिएका शोषित उत्पीडित समुदायले पनि दल खोलेर आफ्नो स्वतन्त्र राजनीतिक अभियान संचालन गर्न सकोस् । न कि पुरातन राजनीतिक दुश्मनी साँधेर देश र जनताको भविष्यमाथि खेलबाड बन्द गरे हुन्छ ।

जातको कारण प्रेममा धोका पाएर आत्महत्या गरेकी ज्योतिको सम्झनामा दिप प्रज्वलन

सप्तरी, ३० श्रावण । प्रेम विवाहपछि धोका पाएर आत्महत्या गरेकी ज्योति पासवानक‍ो सम्झनामा र उनको आत्माको शान्तिको लागि दलित अगुवा तथा अधिकारकर्मीहरुले कुशहा बजारमा साँझ दिप प्रज्वलन गरेका छन् । सप्तरी सुरुंगा नगरपालिका ७, की ज्योति पासवानले श्रावण २३ गते विहान ९ बजे घरमा कोही नभएकोबेला झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

युवक मधेसी बाहुन थियो भने युवती दलित जातमा पर्ने दुसाद जातका थिए । उनीहरू भागेर विवाह गरेका थिए । चार महिना सँगै बसेका उनलाई श्रीमानले कोठा खोज्न जान्छु भनेर फरार भएका थिए । त्यसपछि उनी माइतीमा वस्दै आएकी थिइन् । अहिले प्रहरीमा युवक विरुद्ध हत्या दुरुत्साहन मुद्दामा दर्ता भएको छ ।