जनकपुरधाम, असार ३ । प्रदेश २ मा कुनै घटना घटनासाथ घटनास्थलमै पुगेर पीडित परिवारको घरमै पुगेर राहत बाँड्ने देखि दुखान्त सुन्ने सम्मको काममा आफ्नो नाम दर्ज गर्न सफल रहेका प्रदेश प्रमुख डाक्टर राजेश झा यतिबेला धनुषाको मुखियारपट्टीमा एउटै गाउँको एउटै पोखरीमा पाँचजना बालिकाहरुको डुबेर मृत्यु भएको खबर पुगेपछि प्रदेश प्रमुख अहिराज छट्पटीदै घटनास्थल पुगेर पीडित परिवारलाई जनही एक क्वीन्टल चामल, दाल लगायतका खाधान बोकेर पुगेका थिए । साथमा थियो क्लोथ बैंक पनि । उनी पहिलोपटक पुगेपछि पीडित परिवारहरुको अनुहारमा थोरै भएपनि चक्क देखिन्थ्यो । झाले मृतकहरुप्रति एकमिनेट मौनधारण पनि गरेका थिए ।

डाक्टर अहिराज यतिबेला प्रदेश २ का दलित समुदायको पक्षमा दरो ढंगले उभेर आफ्नो सशक्त विचारहरु राख्दै आएका छन् । उनले दलित समुदायबाट एकजना पनि मन्त्री नबनाएको भन्दै प्रदेश सारकार अर्को नश्लवादी सरकारको दृश्य रहेको टिप्पणी पनि गर्दै आएका छन् । यसले मुलुकको राजनीतिमा ठूलो तरंग पैदा भएको छ ।

बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको स्थानीय हुलाश यादवको बन्न लागेको माछा फार्मको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो ।