बाबुराम भट्टराईको पार्टी जसपाको ठाउँमा नेसपा दर्ता,चुनावचिन्ह आँखा

डाक्टर बाबुराम भट्टराईले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट अलगिएपछी भट्टराईले नयाँ दल दर्ता गराएका हुन् ।

असार २८,२९ गते डाक्टर बाबुराम भट्टराई समूहले काठमाडौंमा केन्द्रीय समितिको बैठक बसेर विधिवत् ढंगले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो भने उपेन्द्र यादव पक्षकाले २९,३० गते बिरगंजमा केन्द्रीय समितिको बैठक बसेर भट्टराई लगायत केही नेतालाई निष्काशन गरेका थिए ।

निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् । पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीकाे चुनाव चिह्न हो । आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए । ‘पार्टीमा विवाद हुँदावित्तिकै निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरिएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर अहिले नेपाल समाजवादी पार्टी दर्ता गरेका छौँ,’ पोखरेलले भने, ‘चुनाव चिह्न भने तत्कालिन नयाँ शक्तिको आँखा राखेका छौँ ।’ पार्टी अध्यक्ष सहित पदाधिकारी को-को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने पोखरेलले बताए ।

उपेन्द्र यादवलाई ठूलो क्षति, हेमराज राई सहित ठूलो संख्यामा जसपा परित्याग

pinup казино

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमालेमै फर्किने भएका छन् । उनले आज पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामापत्र बुझाएका छन् ।

उनी जसपाका केही केन्द्रीय सदस्य समेतलाई लिएर एमालेमा जाने तयारी गरेको स्रोतले जनाएको छ । उनीसँगै एमालेमा जाने जसपा केन्द्रीय सदस्यहरुमा भुराज राई, चन्द्रविक्रम राई लगायतको नाम चर्चामा छ । भूराज राई हेमराजको आफ्नै भाइ हुन् भने उनीहरु तीनैजना भोजपुर पुर्ख्याैली घर भएका नेता हुन् ।

स्रोतका अनुसार हेमराज राई पछिल्लो समय पहिचान र संघीयताको विरुद्धमा तर्क गर्न थालेका थिए । पहिचानको राजनीतिले देशमा साम्प्रदायिक द्वन्द्व निम्त्याउने उनको तर्क रहेको स्रोत बताउँछन् ।

तर पहिचानमा आधारित संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र संघीय समाजवादलाई समेटेर जसपाको घोषणापत्र दस्तावेज लेख्ने एक व्यक्तिमा हेमराज पनि पर्छन् ।

हेमराज राईको नेतृत्वमा जसपा संघीय परिषद् सदस्य रहेका संखुवासभाका एक नेता पनि एमालेमा जाँदैछन् ।

हेमराज राईको नेतृत्वमा जसपा संघीय परिषद् सदस्य रहेका संखुवासभाका एक नेता पनि एमालेमा जाँदैछन् ।

करिब एक वर्षदेखि नै जसपा छोड्न खोजेका हेमराज राई पार्टीबाट डा. बाबुराम भट्टराई अलग भएपछि आफू पनि पार्टी छोड्ने निर्णयमा पुगेका हुन् ।

हेमराजको बहिर्गमनले पहाडी क्षेत्रमा जसपालाई ठूलो धक्का लाग्ने छ । जसपालाई प्रदेश १ मा बाबुराम भट्टराईले छोड्दा भन्दा हेमराजले छोड्दा बढी क्षति हुनेछ ।

 

 

बाबुरामले बनाई दिएको जसपा मलाई ठगेर खान आनन्द भयो ?

пинап казино кз

जनता समाजवादी पार्टी (जसपा) आफैमा एउटा समाजवादी केन्द्र भएको भन्दै अरु समाजवादी केन्द्रमा आबद्ध हुन जरुरी नभएको त्यस पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

विभिन्न कम्युनिस्ट पार्टीहरूलाई मिलेर एउटै समाजवादी केन्द्र निर्माण गर्ने बजारीया हल्ला चलिरहका बेला जसपा अध्यक्षले यस्तो टिप्पणी गरेपछि उनको यो प्रतिक्रियालाई भर्खरै पार्टीबाट हटाइएका नेता डा. बाबुराम भट्टराईप्रति लक्षित ठानिएको छ ।

भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष रहेका बेला उनले पटक–पटक समाजवादी केन्द्रको रटान लगाउने गरेका थिए । हाल जसपाबाट अलग भएका उनी पार्टी पुनर्गठनका नाउँमा जसपाकै झण्डा र ब्यानर प्रयोग गर्दै विभिन्न कार्यक्रममा देखिँदै आएका छन् ।

समाजवादी केन्द्र बारे अध्यक्ष यादव भन्छन्, ‘कम्युनिस्टहरूले समाजवादी केन्द्र स्थापना गर्न नै सक्दैन । गरे पनि त्यो सैद्धान्तिक रूपमा मिल्दैन । कम्युनिस्टहरू साम्यवादी हुन्छन्, समाजवादी हुनै सक्दैन ।’

अहिले चर्चामा रहेको समाजवादी केन्द्र निर्माणको लागि जसपाबाट कारबाहीमा परेका नेता भट्टराईको बढी सकृयता देखिएको छ ।

समाजवादी केन्द्रमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्व नेकपा एकता राष्ट्रिय अभियान र गठन हुन बाँकी भट्टराई नेतृत्वको पार्टी रहने अनुमान गरिएको छ ।

समाजवादी केन्द्रमा सहभागी हुने बारे यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच धेरै चरणमा छलफल भएको भनिए पनि यादव सो कुरालाई खण्डन गर्दै भन्छन् –‘जसपा नै समाजवादी पार्टी हो । उनीहरूले समाजवादको नाममा जनतालाई भ्रममा राखिरहेका छन् ।’

दलित हत्या गर्नेहरुलाई छाड्दै गएको विरुद्धमा जागरण अभियानक‍ो विरोध

pin-up casino kz

सप्तरी राजविराज । विगत केही वर्षदेखि दलित समुदायमाथि जातव्यवस्थाकै कारण सुनियोजित रुपमा हत्या, हिंसा र बलात्कारका घटनाहरु व्यापक रुपमा घटिरहेका छन् । घटना त घट्छन् तर यसको कानुनी उपचार पनि फितलो भइरहेको छ । यतिसम्म कि हत्यामा संलग्नहरुलाई केही समय देखाउनको लागि राख्छन् त्यसपछि न्याय नै खरिदबिक्री हुने गरेको जागरण अभियानका अभियनता गंगा सदायले बताए । उनले भने, पीडितहरू अदालत चहार्दा चहार्दै गरिबीको शिकार हुन्छन् । तर उनीहरुलाई थाहै नदिई कम्जोर कानुनी माध्यमबाट, कम्जोर फाईल बनाएर न्यायलाई पैसा र पावरमा अदालत र प्रहरी प्रशासनले जमानत धरौटीमा अपराधीहरुलाई छाडिरहेको बताए । यसकै विरुद्ध हामीले र्याली र ज्ञापनपत्र बुझाई रहेका छौं । यसले पनि सुनुवाइ नभए दलित न्यायकालागि देशैभरी मृत्यु कि मुक्तिको लडाइ लड्ने उसको कडा चेतावनी थियो ।

आइतबार सप्तरीको राजविराजमा सयौंको संख्यामा रहेका पीडितहरुले सप्तरीको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, पुरनरावेदन अदालत, जिल्ला विकास समन्वयसमिति, मानवअधिकार आयोग, प्रदेश सरकार सबैलाई ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियानका जिल्ला संयोजक प्रथमलाल राम, खडक नगरप्रमुख गंगा सदा, चन्द्रनारायण राम,बद्री सदा, लगायतका अभियानका नेतृत्वहरुको उपस्थिति रहेका थिए ।

ज्ञापनपत्रमा लेखिएका छन् : उपरोक्त सम्बन्धमा केही वर्षदेखि सप्तरी जिल्लामा दलित समुदायमाथि जातीयताकै कारण नियोजित रुपमा केही गैरदलित समुदायभित्रका अपराधीक मानिसहरूले हत्या, हिंसा, कुटपिट तथा बलात्कार जस्ता मानवअधिकार विरोधी जघन्य अपराधका घटनाहरु घटाउँदै आएको सर्वविदितै छ । घटना एकदुईपटक होइन्, एउटै प्रकृतिका घटना समाजमा पटकपटक घट्नु दु:खद र निन्दनीय छ ।

पछिल्लोपटक सप्तरीको खडक नगरपालिका ४, पंसेराका सन्तलाल पासवान र सुरुंगा नगरपालिका ७, पोखरियाकी ज्योति पासवान हत्याकाण्ड र यसअघिका शम्भुनाथ नगरपालिकाका त्रिभुवन राम, डाक्नेश्वरी सखुवाका सुकदेव खंग हत्याकाण्ड लगायतका दर्जनौं कुटपिट र बलात्कारकारका घटनाहरु यसका उदाहरण हाम्रो सामु अझै ताजै छन् । घटनाका दोषीहरु अहिलेसम्म समात्न नसक्नु, राज्य र कानुनलाई चुनौती दिनेगरी पीडितलाई धम्काउँदै समाजमा खुलमखुला हिँड्नु, पक्राउ गरिएकालाई पनि कानुनको कम्जोर दुनोबाट पैसा र पावरको बलमा धरौटी जमानतमा छुटकारा पाउनु, वर्षौंदेखि पीडितहरु अदालतको ढोका चहार्दा पनि पीडकहरुनै उन्मुक्ति पाउनुले दलित समुदाय राज्य र न्यायलयबाट असन्तुष्ट र अपराधीहरुबाट असुरक्षित महसुस गरिरहेका छन् । दलितमाथि यो कस्तो न्याय र कानुनी व्यवस्था हो ? दलित समुदायबाट एउटा सानो गलती हुँदा वा सुनियोजित रुपमा फसाउँदा पनि दलित समुदायका लागि मात्र दोषी करार हुनेगरी देशमा कानुनी व्यवस्थाको प्रत्याभूति किन हुँदैछ ? कृष्ण सावरण गाउँपालिका प्रसवनीका बचेलाल सरदार आठ वर्षदेखि राजविराज करारमा हुनु यसका उदाहरण हुन् ।

यसर्थ, यसरी कम्जोर कानुनबाट हचुवाको भरमा हुने र गर्ने न्यायिक निर्णयप्रति हाम्रो राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको ध्यानाकर्षण भएको छ । सम्पूर्ण घटनाका दोषीहरुलाई पक्राउ गरियोस्, पक्राउ गरिएका दोषीहरुलाई पीडित पक्षलाई थाहै नदिई कसरी कुन कम्जोर कानुनी दुनोबाट धरौटी जमानामा छाडियो ? अविलम्ब पक्राउ गरियोस् । दलित समुदायलाई न्याय र न्यायलयको प्रत्याभूति गराईयोस्, मानवअधिकारको प्रत्याभूति गराईयोस् । हामी यो ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउन चाहन्छौं । नभए विगतमा झै देशभरिको घटनालाई केन्द्रमा राखेर देशैभरी कडा आन्दोलन गर्ने दलित समुदाय मजबुर हुनेछ ।

बोधार्थ :
१) जिल्ला प्रशासन कार्यालय राजविराज
२) जिल्ला प्रहरी कार्यालय राजविराज
३) मधेस प्रदेश सरकार, मुख्यमन्त्री कार्यालय जनकपुर
४) प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ
५) मानवअधिकार संगठन
६) जिल्ला समन्वय समिति
७) जिल्ला अदालत
८) पुनरावेदन तथा उच्च अदालत ।

प्रथमलाल राम
( अध्यक्ष )
राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सप्तरी ।

आयुर्वेद चिकित्सक संघको मधेसप्रदेश कार्यसमिति गठन

pin up

असार २६ लहान । डा. सुजित यादवको अध्यक्षतामा नेपाल आयुर्वेद चिकित्सक संघको ९ सदस्यीय मधेस प्रदेश कार्यसमिति समिति गठन भएको छ । प्रदेश सचिवमा डा. शैलेन्द्र यादव, कोषाध्यक्षमा डा. शत्रुधन प्रसाद साह, सदस्यहरुमा डा. संदिप कुमार साह, डा. टिना जैसवाल, डा. रामप्रवेश मण्डल, डा. रोहित यादव, डा. रामबाबु साह, डा. धिरेन्द्र महतो लगायतका छन् ।

शनिबार महोतरीको बर्दिवास गौतम होटेलमा आयोजित कार्यक्रमको अध्यक्षता भने डा. सुजित यादवले नै गरेका थिए । दर्जनौंको संख्यामा उपस्थित आयुर्वेद चिकित्सकहरुले आयुर्वेद चिकित्सक हरेक मानिसको अर्गानिक जीवन दान दिने ओषधी प्रणाली भएको हुनाले यसलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने तर्क गरेका थिए ।

कार्यक्रममा उपस्थित डा. शत्रुधन प्रसाद साहका अनुसार अहिलेको युगमा आयुर्वेद चिकित्साको महत्त्व निकै बढेकोले हरेक नागरिकले प्राण लिने अन्य ओषधो उपचारमा ख्याल गर्नैपर्ने भएको छ । हामीले यो संगठन आयुर्वेद शिक्षा र उपचार प्रणालीको बारेमा जनतालाई बेलैमा सचेत गराउनुपर्ने भएकोले यसको छुट्टै महत्त्व रहेको बताएका छन् ।