pinup казино

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमालेमै फर्किने भएका छन् । उनले आज पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामापत्र बुझाएका छन् ।

उनी जसपाका केही केन्द्रीय सदस्य समेतलाई लिएर एमालेमा जाने तयारी गरेको स्रोतले जनाएको छ । उनीसँगै एमालेमा जाने जसपा केन्द्रीय सदस्यहरुमा भुराज राई, चन्द्रविक्रम राई लगायतको नाम चर्चामा छ । भूराज राई हेमराजको आफ्नै भाइ हुन् भने उनीहरु तीनैजना भोजपुर पुर्ख्याैली घर भएका नेता हुन् ।

स्रोतका अनुसार हेमराज राई पछिल्लो समय पहिचान र संघीयताको विरुद्धमा तर्क गर्न थालेका थिए । पहिचानको राजनीतिले देशमा साम्प्रदायिक द्वन्द्व निम्त्याउने उनको तर्क रहेको स्रोत बताउँछन् ।

तर पहिचानमा आधारित संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र संघीय समाजवादलाई समेटेर जसपाको घोषणापत्र दस्तावेज लेख्ने एक व्यक्तिमा हेमराज पनि पर्छन् ।

हेमराज राईको नेतृत्वमा जसपा संघीय परिषद् सदस्य रहेका संखुवासभाका एक नेता पनि एमालेमा जाँदैछन् ।

हेमराज राईको नेतृत्वमा जसपा संघीय परिषद् सदस्य रहेका संखुवासभाका एक नेता पनि एमालेमा जाँदैछन् ।

करिब एक वर्षदेखि नै जसपा छोड्न खोजेका हेमराज राई पार्टीबाट डा. बाबुराम भट्टराई अलग भएपछि आफू पनि पार्टी छोड्ने निर्णयमा पुगेका हुन् ।

हेमराजको बहिर्गमनले पहाडी क्षेत्रमा जसपालाई ठूलो धक्का लाग्ने छ । जसपालाई प्रदेश १ मा बाबुराम भट्टराईले छोड्दा भन्दा हेमराजले छोड्दा बढी क्षति हुनेछ ।