१. राजनीतिलाई पेशा होइन सेवा बनाउने ।
२. राजनीतिक पार्टी, नेता, सरकार र सरकारी विभिन्न निकायले भ्रष्टचार गर्ने, गैरकानुनी कमिशन लिने, तस्करी गर्ने, गराउने, कमशल काम गर्ने गराउनेहरुलाई प्रक्रियामा ल्याएर गुणात्मक काम, देशको हीतमा राजस्व र रोजगार बढाउने गरी क्रियाकलाप गर्ने वातावरण तयार गर्ने ।
३. जसलाई आवश्यकता छ उसलाई शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने ।
४. प्रत्येक नागरिकलाई उत्पानशील बनाउन प्राविधिक शिक्षा, सीपको अवसर जुटाएर उनीहरुको चाहना अनुसार पेशा अवलम्बन गर्ने अवसर जुटाउने ।
५. नेपालीले उत्पादन गरेको सबैखाले उत्पादनलाई मेची महाकाली ओसारपोसार गर्ने लजिस्टिक व्यवस्थापन र सामान आपुर्ति तथा खरिद विक्रिका लागि सरकारी सञ्चाल बनाउने ।
६. सबै राजनीतिक शक्तिलाई राजनीतिको मूलधारमा आउने अवसरहरु जुटाउने । अवसरहरुको गलत प्रयोग गरी नातावाद कृपावाद प्रक्रियालाई निरुत्साहित गर्न थप प्रक्रियाहरु अनुशरण गर्ने ।
७. सबै पेशालाई समान महत्व दिने समाज सृजना गर्न अभिप्रेरणा जगाउने, सोच र प्रबृत्तिमा सकारात्मक सोचको विकास गराउने र भाइचारा, मानवता, आदर्श बचन, सहयोगी भावनाहरु जागृत गराउने अभियान संचालन गर्ने ।
८. हिमाल, पहाड, तराईको पर्यावरणीय अवस्थालाई सुरक्षित राख्न तथा जलवायु परिवर्तनका कारणले हुने जोखिमलाई न्यूनिकरण गर्नेगरी विकासका गतिविधिहरु संचालन गर्ने ।
९. प्राकृतिक रुपमा रहेको रमणीय स्थलहरु र साँस्कृतिक गतिविधिहरुको पुर्नजागरण गरेर भएपनि किँरात, हिन्दु, बौद्ध धर्म, प्रकृतिको पूजाआजा, मठ, मन्दिर, चैत्य, गुम्वा, गुफा र जनआस्थाका केन्द्रहरुको संरक्षण, मरमत गर्ने, पुरातत्व तथा प्राचीनतम इतिहासका प्रमाणहरुको संरक्षण र प्रचार प्रसार गरेर आन्तरिक र बाह्य पर्यटनमूखी बनाउने ।
१०. पानीको सदुपयोग गरी मिनलर वाटर उत्पादनमा प्राथमिकता दिने, विजुली उत्पादन गरी अन्तराष्ट्रिय स्तरमा बजारिकरण गर्ने, सिंचाई र खानेपानीको लागि गुरु योजनाहरु बनाएर पानीको सदुपयोग गर्ने ।
११. जसले नियमित संस्कृत भाषा उच्चारण गरिरहेको हुन्छ उसलाई घाँटीको क्यान्सर हुँदैन । कम्प्युटरका लागि समेत संस्कृत भाषा सबैभन्दा उत्तम भाषा कहलिएको छ । नेपालमा संस्कृत भाषाको आधारभुत ज्ञान सबैलाई गराउने पाठ्यक्रमको विकास गर्ने, स्थानीय विषय बारेमा जानकार गराउने पाठ्यक्रमहरु विकास गर्ने तथा नैतिक शिक्षा, मानवता, सकारात्मक खोज, सकारात्मक अनुशासन पद्दतीहरुलाई घर परिवार, विद्यालय, क्याम्पस, कार्यालयहरुमा अनुशरण गर्ने गरी गतिविधिहरु संचालन गर्ने ।
१२. बन, जडीबुटी, ढुंगा, खानीहरु, स्थानीय कच्चा पदार्थहरुको उपयोग गर्ने गरी ससाना देखि ठूला उद्योगहरु संचालन गर्ने र पर्यटनमुखी उत्पादनलाई ग्राहयता दिएर निर्यात बढाउन बजारिकरण गर्ने ।
१३. परम्परागत सीपहरुलाई विजुली र प्रविधिसंग जोडेर आधुनिकीकरण गर्दै नेपाली कपडा, पोशाक र खानेकुरामा आत्म निर्भर बनेर निर्यातको अवस्था सृजना गर्नेगरी गतिविधिहरु संचालन गर्ने ।
१४. सबैखाले अन्तराष्ट्रिय संघसंस्था, देशहरुसंग नियमित सम्पर्कमा रहने र नेपाल र नेपालीको हीत हुनेगरी उनीहरुसंग सहकार्य गर्ने । यसका लागि असंलग्न परराष्ट्रनीति अवलम्बन गर्ने ।
१५. राज्य भित्रका सबैखाले राष्ट्रसंग मित्रवत व्यवहार गरौं । सबैको पहिचान हुने अवसरहरु सृजना गरौं । यसका लागि धार्मिक स्वतन्त्रता, विविधतामा एकता, प्रजातन्त्रमा आधारित समाजवाद, बहुलवाद, आरक्षण सहितको प्रत्यक्ष निर्वाचन, आवधिक निर्वाचन, विदेशमा काम र अध्ययनका लागि गएकाहरुको मतदानको अधिकार सुनिश्चितता, नो भोट, राइट टू रिजेक्ट जस्ता प्रावधानहरु राखेर स्थानीय तहको निर्वाचन स्वतन्त्र व्यक्तिगत आधारमा गर्ने परिपाटी बनाएर विकासमा सबैको साझा प्रयासको अवधारणालाई अगाडी बढाऔं ।