पार्वती चौधरी, ६ भदौ काठमाडौं अनामनगर । बाराको कलैया उपमहानगरपालिका २७, कि जननिर्वाचित दलित महिला सदस्य तारादेवी पासवानलाई खाम्बामा बाँधेर निर्मम यातना दिएको फोटो समाजिक संजालमा भाइरल भएपछि प्रहरीले पीडक जोगिन्द्र साहलाई पक्राउ गरेका छन् ।

पासवानलाई साह समूहले बुधबार राती ११ बजे मध्यरातमा घरबाट उठाएर लगि खम्बामा बाँधेर कुटपिट भएको छ । निर्मम रुपमा कुटपिट गर्दै पासवानको शरीरमा रहेको कपडा समेत च्यात च्युत पारेका छन् । गाउँमा एकजनाको बुहारीलाई अरु केटासँग भगाउनमा हात रहेको शंकाको भरमा ४५ वर्षीय जोगिन्द्र साहको नेतृत्वमा दर्जनौं मानिसहरुको समूहले जनप्रतिनिधि पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेको प्रहरीले जनाएको छ।

प्रहरीले कुटपिट गरिरहेको खबर पाउनासाथ राति करिब साढे ११ बजे घटनास्थल पुगेर पासवानलाई उद्धार गरि कलैया हस्पिटल पुर्याएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् । उनका अनुसार प्रहरी पुग्नासाथ कुटपिट गर्नेहरु भागेका थिए। कुटपिट गर्नेको नेतृत्व गर्ने जोगिन्द्र साहलाई पक्राउ गर्न सफल भएको र अन्यको खोजबिन भैरहेको उनले जानकारी दिएको छ।

कुटपिट गर्ने साह लगायत ८ जनाविरुद्ध शुक्रबार सामाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार मुद्दा दर्ता भएको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए ।