जसपाका केन्द्रीय सदस्य राजेश विद्रोहीले शेरबहादुर देउवाको नेतृत्वमा बनेको पाँच दलीय साझा सरकारले राजनीतिक दल फुटाउने अध्यादेश ल्याउने कुरा समाजिक संजालमा सार्वजनिक भएपछि उनले यो सरकारले पनि पुरानै चरित्रको नेतृत्व पाएकोले त्यसो हुन सक्ने बताएका छन् । उनले भने, यो सरकारबाट हामीले केही नयाँ अपेक्षा गरेको हो भने त्यो भ्रम हो ।

आफ्नो मनोमानी ढंगले हिंडे र सरकार चलाए ओली सरकारकै भाई सरकारको रुपमा यो सरकार पनि सावित हुने बताएका छन् । उनले आफ्नो फेसबुक ट्विटरमा लेखेका छन्, पार्टी फुटाउने अध्यादेश होइन हिम्मत छ भने थ्रेस होल्ड हटाउने अध्यादेश ल्याएर देखाउ । जसले पुस्तौंदेखि समाजिक, आर्थिक र राजनीतिक रुपमा दोहन गरिएका शोषित उत्पीडित समुदायले पनि दल खोलेर आफ्नो स्वतन्त्र राजनीतिक अभियान संचालन गर्न सकोस् । न कि पुरातन राजनीतिक दुश्मनी साँधेर देश र जनताको भविष्यमाथि खेलबाड बन्द गरे हुन्छ ।