सप्तरी, ३० श्रावण । प्रेम विवाहपछि धोका पाएर आत्महत्या गरेकी ज्योति पासवानक‍ो सम्झनामा र उनको आत्माको शान्तिको लागि दलित अगुवा तथा अधिकारकर्मीहरुले कुशहा बजारमा साँझ दिप प्रज्वलन गरेका छन् । सप्तरी सुरुंगा नगरपालिका ७, की ज्योति पासवानले श्रावण २३ गते विहान ९ बजे घरमा कोही नभएकोबेला झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

युवक मधेसी बाहुन थियो भने युवती दलित जातमा पर्ने दुसाद जातका थिए । उनीहरू भागेर विवाह गरेका थिए । चार महिना सँगै बसेका उनलाई श्रीमानले कोठा खोज्न जान्छु भनेर फरार भएका थिए । त्यसपछि उनी माइतीमा वस्दै आएकी थिइन् । अहिले प्रहरीमा युवक विरुद्ध हत्या दुरुत्साहन मुद्दामा दर्ता भएको छ ।