जनकपुर ११ भदौ । जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादवले, अहिले पनि पार्टी फुटाउन सुरुवात गरेको स्वार्थी तत्वहरु पार्टीमा रहेको संकेत गरेका छन् ।

शुक्रबार जनकपुरको उधोग वाणिज्यसंघको हलमा आयोजित पार्टीको जनजागरण तथा अभिमुखीकरण (सुज अभियान ) कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका छन् । उनले भने,महन्थ ठाकुर र राजेन्द्र महतो मधेसको सबैभन्दा घटिया नेता रहेको यसपटक प्रमाणित भएको छ । उनीहरुको भ्रममा कोही नपर्नु । उनीहरुको रिमोट अन्तै रहेको समेत बताए ।