श्यामसुन्दर राम १ असोज । सप्तरीको खड्क नगरपालिका ३, गरुराहा गाउँमा एउटाको दाहसंस्कार सकेर गाउँ फर्किदा अर्कोको मृत्यु भएपछि पुरै बस्ती शोकमा छन् ।

लामो समयदेखि बिरामी रहेका ६८ वर्षीय भोजाई रामको बिहिवार बेलुका निधन भयो । भोलिपल्ट बिहान दस बजे पुरै गाउँलेहरू उसको दाहसंस्कारमा निस्के । दाहसंस्कार सकेर गाउँ पस्न बितिकै मलामी जानेहरुको अर्को खबर आयो । ७८ वर्षीय रामा रामको पनि निधनको । तर कसैले पत्याए भने कसैले पत्याएन ।

हिन्दु समाजिक परम्परामा कसैको मृत्यु भयो भने जुठो लाग्ने दियादी दाजुभाइहरुले दाहसंस्कार अगाडि केही पनि खान पाउँदैन । ढिलो दाहसंस्कार गरि फर्केका मलामीहरु भोकले छट्पटी रहेका थिए । हतारहतार नुहाई धुवाई गरेर गाउँमा धेरैले खाना खाईसकेका थिए धेरैले खानै पाएका थिएन । यसैको बीचमा अर्को निधनको खबर आउँदा गाउँलेहरु भोकले छट्पटी रहेका थिए । २४ घण्टा खान नपाउँदा ठूलो मानिसले त भोक सहँला तर ससाना बालबालिकाहरु भने भोक पचाउन कसरी सक्ला ? ठूलो भन्दा साना केटाकेटीहरु भोकले छट्पटी रहेका थिए । चुलो भने कसैको बलेको थिएन । किनभने मृतक दुबैजना आफ्नै दाजुभाइ दियादीका थिए । गरुराहा गाउँ रामटोलमा मृतक दुबैको दाजुभाइ दियादीको सबैभन्दा ठूलो जनसंख्या रहेको छ ।

स्थानीय जगदेव राम भन्छन्, भोजाई रामको निधनको कुनै शंका थिएन । बरु केही दिनदेखि उमेर पुगिसकेको रामा रामको अवस्था गम्भीर रहेको गाउँमा चर्चा थियो । तर उहाँ भन्दा पहिले अर्कोको मृत्युुले वस्ती पुरै शोकमा छन् । इतिहासमा यस्तो घटना यो गाउँमा चर्चित हैजा रोगपछि पहिलो घटना हो । उनले थपे, दुबै विरामी थिए । दुबैको उमेर पुगेको थियो । संयोग विश्वकर्मा पुजाकै दिन दुबैको निधन जुरेकोमा सम्झिदै उनले श्रद्धाञ्जली समेत व्यक्त गरे ।