लहान २६ सिरहा । सप्तरीको सुरुंगा नगरपालिकामा जसपा र माओवादी केन्द्र गठबन्धनका छाता छाप मेयर पदका उमेदवार साविर खान र हँसियाहथौडाका उपमेयर पदका उमेदवार शिवकुमार राम (देव) को टिमले सुन्दर सुरूंगा, स्वच्छ सुरुंगा, समृद्ध सुरुंगा अर्थात् नमुना सुरुंगा बनाउन सपनाको प्रतिबद्धता सार्वजनिक गरेको छ ।

घोषणा पत्रमा जनताको आधारभूत समस्यालाई पहिलो प्राथमिकतामा राखेका छन् भने बाँकी कुराहरूलाई आवश्यकताको आधारमा पुरा गर्दै जाने भनिएको छ । सुरुंगामा गरिने हरेक कार्य जनताको सामूहिक सल्लाह सुझाव र परामर्शको आधारमा गरिने भनिएको छ ।

सुरुंगा नगरपालिकामा रहेको गरिबी, बेरोजगारी, पर्यटन, उद्योग, सहकारीकरण र सामुदायिक विकासलाई पहिलो चरणमा हल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । रोचक र सुन्दर प्रतिबद्धताको कारण गठबन्धनको उमेदवार प्रति जनताको आकर्षण बढेको छ । वडा नम्बर १० का स्थानीय भाग्य नारायण यादवका अनुसार प्रतिस्पर्धामा सबैभन्दा अगाडि गठबन्धन रहेको र गठबन्धनको प्रतिबद्धता प्रति जनताको आकर्षण रहेको बताएका छन् ।