राजविराज २५ बैशाख । सप्तरीको सुरुंगा नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र बीच भएको स्थानीय तहको चुनावी गठबन्धन लगभग जित्ने सुनिश्चित भएको छ ।

गाउँ – गाउँ, टोल – टोलमा गठबन्धनको छाता छाप मेयर पदको उमेदवार साविर खान र हँसियाहथौडा छापका उपमेयर जनयुद्धका घाइते शिवकुमार राम (देव) को चर्चा चुलिएको छ ।

पुस्तौंदेखि अनावश्यक नेता र पार्टीलाई भोट दिदै आएको र जनताको काम केही पनि नभएको असन्तुष्ट जनता र केही राजनीतिक दलका विशेष व्यक्तित्वहरु समेत यो युवा फ्रेस जोडी जित्नुपर्छ र जिताउनु पर्छ भनेर सबैतिरबाट जनताहरु समूह बनाएर भोट माग्न थालेका छन् । अरुलाई भोट दियौं पटकपटक, युवा गठबन्धनलाई भोट दिनु यसपटक भनेर सबैतिर नारा लागिरहेको छ । यसबाट अरु राजनीतिक दललाई पाला भारी भएको छ ।