सप्तरी १८ कल्याणपुर । सप्तरीको खड्क नगरपालिका ७ को भदैया धाँती सामुदायिक भवनमा आयोजित जात व्यवस्था उन्मुलन र्चाली तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

युवा समाजिक अभियनता सलिदा सदाको आयोजकत्वमा, भोर संस्थाको संयोजकत्वमा, समता फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गोविन्द न्यौपाने, विशिष्ट अतिथि लेखक तथा राजनीति विश्लेषक राजेश विद्रोहीको समेत उपस्थित रहेका थिए ।

अन्य अतिथिहरुमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सप्तरी संयोजक प्रथमलाल राम, खड्क नगरपालिका संयोजक गंगा सदा, सचिव चन्द्रनारायण राम, गंगा सदा, बिक्रम राम, माओवादी युवा नेता जयप्रकाश चौधरी,पार्वती चौधरी, नेकपा एसका नेता अजाद लगायतका विभिन्न पार्टी तथा समाजिक दलित अभियानताहरुको उपस्थित रहेका थिए । मंचमा आसिन तिथिहरुले आजको युगमा पनि समाजमा अप्रत्यक्ष रुपमा गाँजिएर रहेको जात व्यवस्थालाई कसरी अन्त्य गर्ने सकिन्छ भने विषयमा सबैले आफ्नो विचार धारणा राखेका थिए ।

सयौंको संख्यामा उपस्थित दलित समुदायले विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रमको अध्यक्षता सलिता सदाले गरेकी थिइन भने संचालन भोर संस्थाका अध्यक्ष तथा दलित युवा अभियानता पचु माझीले गरेका थिए ।