सप्तरी १७ बिहिवार । राजनीति र समाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएका राजनीतिक तथा समाजिक अभियानता गुलावदेवी रामको मधुमेह रोगबाट निधन भएपछि परिवारलाई क्रिया खर्च नहुँदा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले पाँच हजार र जसपाका स्थानीय युवा नेता तथा मेयरका प्रत्यासी उमेदवार साविर खानले पाँच हजार गरी दस हजार नगद सहयोग गरेका छन् ।

सप्तरी सुरुंगा नगरपालिका ७ बसानपट्टीकी गुलावदेवी राम राष्ट्रिय दलित मुक्ति जागरण अभियानको अभियानता, नेपाल राम समाजका केन्द्रीय उपाध्यक्ष तथा नेकपा एकिकृत समाजवादी पार्टीका नेतृ समेत हुनुहुन्थ्यो । आर्थिक अवस्था कम्जोरको कारण उपचारमा अभाव हुँदा ५४ वर्षीय रामको सोमबार राती १२ बजे निधन भएको थियो । उहाँको श्रीमान पनि मधुमेह रोगबाट पीडित छन् । आर्थिक अभावले उहाँको पनि उपचारमा समस्या भइरहेको परिवारिक श्रोतले जनाएको छ ।

उहाँ लामो समयदेखि दलित, महिला, भूमिहीन, सुकुम्बासी तथा हरुवाचरुवाको हकअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएकी थिइन् । उहाँको अकास्मात भएको निधनको खबरले यतिबेला पुरै वस्ती र ओहाले दिएको योगदानको क्षेत्र शोकमा छन् । आर्थिक सहयोग गर्न पुगेका जागरणका केन्द्रीय संयोजक राजेश विद्रोही, सप्तरी जिल्ला संयोजक प्रथमलाल राम, शिवकुमार राम, बद्री सदा, सलिता सदा, रामभगत राम, साविर खान लगायतले ओहाँको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।