सप्तरी । जनता समाजवादी पार्टी सप्तरीको सुरुंगा नगरपालिकाको मेयर उमेदवारमा सावीर खानलाई सर्वसम्मत रुपले पारित गरेको छ । कदमाहा चौकको आँपजोन हलमा भएको नगरस्तरिय भेलाले खानलाई सर्वसम्मत ढंगले सावीरको नाम अगाडि सारिएपछि जनतामा खुशीको उमंग छाएको बैठकमा उपस्थित सुखीलाल सदाले बताए ।

एक कुशल स्वच्छ छवि भएका जुझारु युवा नेताको उमेदवारी दिने जसपाको निर्णयले स्थानीयमा खुशी छाएको छ । साविरले जिते मात्र सुरुंगा नगरपालिकाको मुहार फेरिन्छ भने कुरामा विश्वस्त रहेको स्थानीय नागरिक गोरी सदाले बताइन् । बैठकमा नगरपालिकाको ११ वटै वडाका पदाअधिकारिहरुको उपस्थित रहेको पार्टीका नगर प्रमुख दिनेश यादवले जानकारी दिनुभएको छ ।