सप्तरी । राष्ट्रिय दलित मुक्ति जागरण अभियानकी महिला नेतृ गुलवदेवी रामको असमायिक निधन भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टी निवासी उनी केही वर्षदेखि मधुमेहबाट पीडित थिइन ।

सोमबार राति उनको ५४ वर्षको उमेरमा निधन भएको जागरणका स्थानीय नेता रामभगत रामले जानकारी दिए । विपन्न, दलित, सुकुम्बासीहरुको समस्या समाधानको विषयमा संघर्ष गर्दै आएकी उनी राजनीतिक हिसावले पनि नेकपा एकीकृत समाजवादी पार्टीका एक जुझारु नेतृको रुपमा असल छवि बनाएकी थिइन् ।

नेपाल राम समाज कल्याणका केन्द्रीय उपाध्यक्ष समेत रहेकी रामको निधनले दलित आन्दोलनमा अपूर्णिय क्षति भएको जागरण अभियानका अभियानता बद्री सदाले बताए । उनले मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

यसैबीच, जागरण अभियानका संयोजक एवम् पूर्वी इन्चार्ज राजेश विद्रोहीले शोक वक्तव्य जारी गर्दै रामको असमायिक निधनले सिंगो जागरण अभियानी दुखी भएको जनाएको छ । ‘जागरण अभियानले उहाँको अभावको महसुस गरिरहनेछ । स्व.रामलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुखद् घडीमा शोक सन्तप्त परिवारजनमा रादमुजा अभियान हार्दिक समवेदना प्रकट गर्दछ ।’, वक्तव्यमा उल्लेख छ ।