लहान, ३० श्रावण । वीरेन्द्र मण्डलको संयोजकत्वमा २१ सदस्यीय राष्ट्रिय दलित मुक्ति जागरण अभियानको वाडा कमिटी गठन भएको छ । सप्तरीको खड्क नगरपालिका ७, मा यो कमिटी गठन भएको हो ।

शनिबार वाडाको समुदायिक भवनमा आयोजित कार्यक्रमको अध्यक्षता वीरेन्द्र मण्डलले गरेका थिए भने प्रमुख अतिथि अभियानका खड्क नगरपालिकाका सचिव तथा अभियन्ता चन्द्रनारायण रामले गरेका थिए । त्यस्तै अतिथिहरुमा अभियानका अभियानी बद्री सदा, लक्षमी गदाल, महिनारायण मण्डल, अजयकुमार राम, ई. अमितकुमार राम, ओ.भुपेन्द्र राम लगातलेका उपस्थित थियो । कार्यक्रममा वाडास्तरका दर्जनौं दलित अगुवाहरुको उपस्थिति थियो रहेको सचिवले जानकारी दिनुभयो ।