बिरगंज १६ श्रावण । रौतहटको गरुडा नगरपालिकामा बसेको जिल्ला स्तरीय दलित अगुवाहरुको भेलाले स्थानीय स्तरमा गाउँ र वाडाबाटनै ´दलित युथ फोर्स` गठन गर्ने निर्णय गरेको छ ।

पुनीत रामले अगुवाइ गरिरहेको सो बैठकमा सयभन्दा बढी दलित अगुवाहरुको उपस्थितिले सो निर्णय लिएको छ । पुनीत रामले भने, रौतहटमा प्रभुसाहको नेतृत्वमा ´आईटी आर्मी` को गठन भएको होडबाजी चलेको छ । हामी दलित समुदाय हजारौं बर्षदेखि छुवाछूत लगायतको विभेद र उत्पीडनबाट आक्रान्त छौ । मुक्ति र अधिकारको खाँचो हामीलाई छ । अब उच्च जात कहलाउनेहरुलाई छैन् । त्यसैले जुन आर्मी र संगठन भएपनि हामी दलितहरु अब भ्रमणमा पर्ने छैनौं । त्यसैले आईटी आर्मी होइन हामी गाउँघरबाटै ´दलित युथ फोर्स` को गठन गर्ने निर्ण गरेको बताए ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियानले आफ्नो भातृ संगठनको रुपमा चारवटा प्रदेशमा ´दलित युथ फोर्स`गठन गरिसकेको छ । सोही क्रममा रौतहटमा पनि यो क्रमको सुरुवात भएको छ । यसको नेतृत्व पुनीत रामले गरेको छ । जागरण अभियानले एकवर्षदेखि देशको विभिन्न ठाउँमा लाखौं दलितहरूको उपस्थितिमा दलित समुदायको मुक्ति र अधिकारको लागि विभिन्न आन्दोलन र कार्यक्रमहरु गर्दै आएको छ । यतिबेला नेपालमा दलित आन्दोलनको ठूलो रुपमा अगुवाइ यो अभियानले गरेको छ । पूर्वीसंयोजक राजेश विद्रोही छन् भने पश्चिमसंयोजक खगेन्द्र सुनारले गरेका छन् ।