गंगा सदा, असार २० । अविरल वर्षको कारण सप्तरी खड्क नगरपालिका ८, विष्णपुर गाउँका विरेन्द्र विश्वकर्माको घर भत्केको छ । राति सुतिरहेको अवस्थामा अचानक घर लडेपछि पुरै वस्तीका मानिसहरू आवाजले त्रसित भएका थिए । घर लडे पनि मानवीय क्षति भने भएको छैन् । घरमा रहेको लत्ताकपडा, खाद्यान्न सहित गरेर एक लाख बराबरको क्षति भएको स्थानीय बद्री सदाले जानकारी दिनुभयो ।