धनीर सदा २ असार, सप्तरी राजविराज । देशको बदलिँदो राजनीतिक घटना क्रमले फेरिएको सरकार र मन्त्रालयमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियानले यसको विरुद्धमा बैठक डाकेको छ ।

अभियानको केन्द्रीय अभियनता गंगा सदाले पुस्तौंदेखि उपेक्षामा पार्दै आएको दलित समुदायलाई लोकतन्त्रमा यसरी उपेक्षा र विभेद गर्नु मानव समाजको लागि लज्जास्पद रहेको टिप्पणी गरेका छन् ।

अभियानका सप्तरी जिल्ला संयोजक प्रथमलाल रामकानुसार, संघ र प्रेसमा एकजना पनि दलित समुदायका सांसदले राम्रो मन्त्रालय नदिनुमा राजनीतिक दल र नेताहरूमा राजनीतिक रुपमै जातीवादी सोंच र चिन्तन कति हावी छन् यसले पुष्टि गरेको छ । हामी ५ गते बैठक डाकेका छौ दबाब दिन हामी विरोधको कार्यक्रमहरु सार्वजनिक गर्ने छौं भने सर्वोच्चमा रिट समेत हाल्ने उनले बताएका छन् ।