प्रेमबहादुर बैगार, २ असार, लहान सिरहा । महामारीको सुरुवाती देखि समाजसेवाको क्षेत्रमा चर्चा कमाएकी संगीता कर्माचार्यको ( मस – जोडि ) कोरोनाबाट जेष्ठ २२ गते निधन भएपछि यतिबेला गरिब, दलित तथा विपन्न समुदायमा बज्रपात परे जस्तो भएको छ ।

उनी हुँदा महामारीमा कतै गरिब, विपन्न तथा मजदुर भोकभोकै छट्पटीरहेको खबर पुगेपछि श्रीमान् महेश चौधरीसँग रातारात भएर पनि संगीता पीडितकै घरमा पुग्थीन् र उसको भोकमा मलमपट्टी लाउँथिन् । उनले लकडाउनभरीमा हजारौं मानिसको चुलो बालेकी थिइन । तर, उसको निधन भएपछि यतिबेला ति बस्तीहरुमा निराशा छाएको छ । पुरै बस्तीका मानिसहरु शोकमा छन् ।

स्वर्गीय संगीता कर्माचार्यको १२ पुन्यतिथिमा उनको श्रीमान् तथा समाजसेवी महेश चौधरीले संगीताको समाजसेवा कार्यलाई आफू निरन्तरता दिने भन्दै लहान ३, का ५०० सय घर परिवार मुसहर तथा दुसाद दलितहरुलाई भोजन गराएर अन्तिम क्रिया समापन ( सम्पिन्डन ) गरेका छन् ।