pin-up casino

काठमाडौं १४ बानेश्वर । ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय दलित मुक्ति जागरण अभियानले बधाई तथा शुभकामना दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै भनिएका छन्, विगत एक वर्षदेखि अभियान दलित समस्या र मुद्दामा जागरणमूलक विभिन्न किसिमको कार्यक्रम तथा आन्दोलन गर्दै आएका छन् । यो अभियानमा विभिन्न दलमा आबद्ध तथा स्वतन्त्र दलित नेतृत्वहरुको जमघट रहेको सर्वविदितै छ । यसैबीचमा स्थानीय तहको निर्वाचन आइपर्यो । दलमा आबद्ध नेतृत्वहरुले भ्याएको स्थानीय तहमा विभिन्न राजनीतिक दललाई दलित मुद्दा र समस्यालाई समाधान गर्ने सर्तमा ५२ पालिकामा निर्वाचनमा विभिन्न रुपमा साथ सहयोग रहेको जसमध्ये २२ स्थानीय तहमा निर्वाचित भएको हुँदा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई जागरणका द्वय संयोजक राजेश विद्रोही र खगेन्द्र सुनारको हस्ताक्षर रहेको विज्ञप्तिमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।