युवा लेखक तथा वरिष्ठ साहित्यकार राजेश विद्रोहीले आफ्नो समाजिक संजाल फेसबुक ट्विटरमा मंगलबार गरेको ट्विटले धेरैको मन छोएको छ । संसारलाई नै भावुक बनाउने र रुवाउनेगरी के यस्तो ट्विट गरेका छन् ? केही युवा तथा विश्लेषकहरुलाई त्यो ट्विटले किन भावुक बनायो ? यसको बारेमा के भन्छन् साहित्यकार तथा विश्लेषकहरु ?

साहित्यकार नन्दलाल आचार्य भन्छन्, विद्रोहीको त्यो फेस्बुक स्टाट्स र ट्वीटले एकछिन् मेरो दिमाग नै अचल भयो । त्यसपछि म भावुक भएँ । एक्कासी आफ्नो जीवनको दर्दनाक घटना सार्वजनिक गरेपछि उहाँको जीवन राष्ट्रको लागि महत्वपूर्ण रहेको महसुस गरे । त्यसपछि अर्को स्टाट्स र ट्विट आयो त्यो पनि दर्दनाक आयो । त्यसपछि मन शान्त भयो र उनले गरेको ट्विट सार्वजनिक विषय रहेछ भनेर बुझे ।

अर्का लेखक तथा अनुसन्धानकर्ता डिबी नेपालीकानुसार, विद्रोहीको ट्विट एक्कासी सार्वजनिक हुँदा उहाँको जीवन अझै इतिहासको गर्भमा रहस्यपूर्ण रहेको अनुमान गरेकाछन् । उनले भने, वर्तमान समाज र देशको लागि विद्रोहीको मुनाफाको जीवन शिक्षाको विषय बन्न सक्छ । उहाँसँग धेरै अनुभव र प्रतिभा छ । जो देश र समाजको लागि महत्त्वपूर्ण छ । तर, राज्यको ध्यान यस्ता विषयमा पर्दैन । समाजमा रहेका यसखाले असल शिक्षा गुम्ने गरेका छन् भने नक्कली शिक्षा हासिल गरेर हाम्रो समाज बोदो समाज भएको टिप्पणी उनले गरे ।

विद्रोहीको दुईवटा ट्विटमा लेखेको कुरा जस्ताको त्यस्तै सभार : पहिलो ट्विट ´मेरो पहिलो असफल प्रेम जातकै कारण भएको थियो । जसले मलाई विद्रोही बनायो । मेरो प्रेममा एकजना होनहार युवाले रगत समेत बगाएका थिए । त्यसैले कुनै प्रेम जोडिको प्रेम असफल भएको खबर सुन्दा संसारमा सबैभन्दा धेरै पीडा मलाई हुन्छ ।`

दोस्रो ट्विट´मेरो दोस्रो विवाह दाईजोको कारण असफल भएको थियो । जसले मलाई विद्रोही बनायो । त्यसैले दाईजोको कारण कसैको विवाह असफल हुन्छ भने संसारमा सबैभन्दा धेरै पीडा मलाई हुन्छ ।`

तेस्रो ट्विट ´मेरो तेस्रो विवाह हुनै लाग्दा आमाको मृत्यु भयो । विहेको खर्च भोजमा सकियो । विवाह पनि सदाको लागि रोकियो । मृत्यु भोज खान छोडेको मलाई १५ वर्ष भएको छ । मृत्युको कारण कसैको विवाह सदाका लागि अन्त्य भएको र सम्पत्ति सकेको खबर सुन्दा संसारमा सबैभन्दा धेरै पीडा मलाई हुन्छ ।`