इलाम, २ जेठ

इलामको चुलाचुलीमा ठूला दलहरूलाई पाखा लगाउँदै लिम्बुवानका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान र एकिकृत समाजवादी पार्टीको गठबन्धनले चुनाव जितेको हो । उनीहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवार भएका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण लावती वडाध्यक्षमा निर्वाचित भएका छन् । लावतीले ८५३ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका मोती फागोले ५२७ मत प्राप्त गरेका छन् ।

लावतीले यसअघि पनि सोही पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । खुल्ला सदस्यमा समरध्वज तामाङ्ग र लाल बहादुर चाम्लिङ राई विजयी भएका छन् । महिला सदस्यमा राम कुमारी राई र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्माले मत पाएका छन् ।