राजनीतिक विश्लेषक तथा जसपाका केन्द्रीय नेता राजेश विद्रोहले समाज परिवर्तनको सबैभन्दा ठूलो बाधक जात व्यवस्था रहेको बताएका छन् ।

शुक्रबार सप्तरीको खड्क नगरपालिका ७, कल्याणपुर बजारमा रहेको भदैया धाँती सामुदायिक भवनमा आयोजित ´जात व्यवस्था उन्मुलन र्चाली तथा विचार गोष्ठी कार्यक्रम` मा विद्रोहीले यसरी भनेका हुन् । उहाँले कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै भने, समाजिक परिवर्तनको सबैभन्दा ठूलो बाधक शक्ति जात व्यवस्था हो । यसलाई राजनीतिक दलले संरक्षण गरेको छ ।

उहाँले थपे, सात सालदेखि हरेक आन्दोलनमा दलित समुदायले आफ्नो उत्पीडनको हिसाबले समावेशी योगदान र बलिदान दिँदै आएका छन् । सोही अनुसार हरेक दलमा दलित संगठन पनि छ । तर,जात व्यवस्थाबाट सबैभन्दा पीडित दलित समुदायलाई जातीय विभेदबाट मुक्ति दिन सकेको छैन् । न त दलीय दस्तावेजमा जात व्यवस्था विरुद्ध कुनै विशेष समाजिक, राजनीतिक तथा सांस्कृतिक अभियान नै चलाउन सकेका छन् । निरन्तर रुपमा दलित नेतृत्व र दलित समुदायलाई भोट बैंकको रुपमा दोहन मात्र गरेकोले अबको निर्वाचनमा दलित अस्तित्व र नेतृत्व नस्वीकार्ने पार्टी र नेतालाई दलित समुदायले भोट दिएर उसलाई स्वीकारी राख्नुपर्छ भने जरुरी नरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

युवा समाजिक अभियनता सलिता सदाको आयोजकत्वमा, भोर संस्थाको संयोजकत्वमा, समता फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गोविन्द न्यौपाने अतिथिहरुमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सप्तरी जिल्ला संयोजक प्रथमलाल राम, खड्क नपा संयोजक गंगा सदा, सचिव चन्द्रनरायण राम, बद्री सदा, माओवादी युवा नेता जयप्रकाश चौधरी, पार्वती चौधरी, नेकपा एसका नेता अजाद साह लगायतकाले पनि आफ्नो विचार राखेका थिए भने कार्यक्रमको संचालन पचु माझीले गरेका थिए ।