नता समाजवादी पार्टीका केन्द्रीय नेता तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले राष्ट्रपति विधादेवी भण्डारीले मध्य रातमा दोस्रोपटक गरेको संसद विघटनको विरोध गरेका छन् । उनले हामी नेपालसँगको सम्वादको क्रममा राष्ट्रपतिसमक्ष दुईपक्षले आफ्नो बहुमत सांसदको नामावली पेश गरेकोमा फर्सी हस्ताक्षर बुझाएको प्रति आक्रोश व्यक्त गरेका छन् । उनले भने, देशको जिम्मेवार व्यक्तिहरुले यसरी फर्जी काम गरेको छ । जनताले यसबाट के सिक्छन् ? सत्य तथ्य छानबिन गरि दोषीलाई कार्वाहीको कठघरामा उभ्याउनु पर्ने हो । तर, यसको कुनै चर्चा छैन । बरु राष्ट्रपतिले मध्य रातमा डिजाइनमा पुनः संसद विघटन गरेको छ । यो इतिहासमै नालायक देखियो । उनले थपे,मुलुकमा थुप्रै प्रधानमन्त्रीभए, देशको बागडोर समाले । तर, केपी शर्मा ओली र विधादेवी भण्डारी नेतृत्वको सरकार इतिहासमै कालो मसिले पोतिएको समेत बताए ।

केही दिन यतादेखि महामारीसँगै मुलुकको राजनीतिक अवस्था पनि जटिल बन्दै गएको छ । हरेक मानिसको आफ्नो इतिहास छ । तर, इतिहास नकारात्मक बनाउने हो कि सकारात्मक भने कुरा प्रमुख हो । केपी ओली र विधादेवीले गलत रुपमा राजनीतिक इतिहास लेखिएकोमा दु:ख समेत व्यक्त गरे । अब लाखौं उपाय गरे पनि यो कालो कर्तुतको पखालिने छैन् । इतिहाससँगै सती जाने हो । राष्ट्रपति विधादेवीले ओलीको गोठालो बनेर देशलाई पटकपटक यसरी अनिर्णयको बन्दी बनाएर असफल पार्ने कुचेष्टा गरेको समेत बताए । दुईपटक संसद विघटनले धेरै कुराको पुष्टि गरेको छ । उनले थपे, राजनीति दल र व्यवस्थालाई बदनाम गरेको छ । यसको फैसला इतिहासले गर्ने छ ।