पौष २५ दांग घोराही । राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी इन्चार्ज राजेश विद्रोहीले ´दलितहरुको मुद्दा क्षतिपूर्ति बापत गैरदलितहरुले बोक्नुपर्ने तर्क गरेका छन् ।`

आइतबार दांगको घोराहीमा आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभालाई सम्बोधन गर्ने क्रममा उनले भने ´लोकतान्त्रिक राजनीतिक अभ्यासको ७२ वर्षमा पनि गैरदलित नेतृत्वहरुले दलितलाई ललिपप देखाएर भोट बैंकको रुपमा मात्र प्रयोग गरे । पुस्तौंदेखि उनका पुर्खाहरुले जातीय व्यवस्था लादेर दलितलाई अपमानको जीवन बाँच्न मजबुर बनाए । त्यसैले अबको गैरदलित पुस्ताले क्षतिपूर्ति बापत दलितको मुद्दा बोकेर हिँड्नुपर्ने दिन आएको बताए ।`

उनले थपे – ´अब त लोकतन्त्र आएको छ । उनीहरुको पुर्खाले र आफू स्वयंले सता शासनलाई निशाना बनाएर गरेको गल्ती कम्जोरीलाई महसुस गरी क्षतिपूर्ति बेहोर्नुपर्छ । साचो अर्थमा भन्ने हो भने यो लोकतन्त्रको प्रत्याभूति दलितहरूको लागि हो । तर, त्यो पनि उनीहरूले नै कब्जा गरेको छ । उनीहरुले त्याग गरेर महानता देखाउनुपर्छ । जसले मात्र विविधता युक्त मुलुकक‍ो सुखद समृद्धिको सपना पूरा हुन सक्ने बताए ।`

जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आय‍ोजित कार्यक्रममा प्रमुख अतिथि जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनार अतिथिहरुमा प्रथमलाल राम, प्रेम बैगार, प्रेम बीसी, कमला नेपाली, विष्णु देवकोटा, खडक बुढाथोकी, सुनील देवकोटा, प्रकाश श्रेष्ठ, राजु खनाल, शंकर डाँगी, अनिता देवकोटा लगायतका गैरदलित समुदायको पनि साथ सहयोग रहेका थिए ।