पौष २५ दांग घोराही । राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी इन्चार्ज राजेश विद्रोहीले राजनीति दलमा भातृ संगठनको रुपमा रहेको दलित संगठनहरुको कुनै अौचित्य नरहेको बताएका छन् ।

आइतबार दांगको घोराहीमा आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभालाई सम्बोधन गर्ने क्रममा उनले भने – ´राजनीतिक दलमा रहेका दलित संगठनहरुको कुनै अौचित्य छैन् । दलित समुदाय र नेतृत्वलाई भ्रममा पारेर भोट बैंकको रुपमा मात्र प्रयोग गरेकाले यो ललिपपे दलीय न्याय, मुक्ति र अधिकारको विषय असफल भइसकेकाले विभिन्न दलभित्र रहेका दलित नेतृत्वहरुले आफ्नो पार्टी कब्जा गर्न अगाडि बढे जागरण अभियान साथ दिने बताएका छन् ।`