राजविराज १९ पौष । जनता समाजवादी पार्टीको सप्तरी खड्क नगरपालिकाको पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

सप्तरीको खड्क नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमको अध्यक्षतन दुखी चौधरीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जसपाका केन्द्रीय सदस्य अनरुद सिंह यादव विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य राजेश विद्रोही, महेन्द्र चौधरी, शंकर चौधरी, माधुरी साह लगायतका उपस्थित रहेको थियो । यस्तै जिल्ला उपाध्यक्ष अबुल हक, जिल्ला सदस्य खड्कका मेयर हेमायु हक लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

अतिथिहरुले सर्वसम्मतिले चयन २९ सदस्यीय नगर कमिटीलाई प्रशिक्षणात्मक धारणा सहित शुभकामना दिएका थिए । २९ सदस्यीय नगर कमिटीमा अध्यक्ष विनोद चौधरी, उपाध्यक्ष केन्दुला झा, उपाध्यक्ष रामसुन्दर चौधरी, मोहम्मद इलियास, सचिवमा श्यामानन्द चौधरी, कोषाध्यक्ष मोहम्मद इसराईल मियाँ, सहसचिवमा राजकुमार साह, अनिता चौधरी, सदस्यहरुमा महावीर राम, सिताराम राम, रमेश यादव, रेशनीदेवी राम, जोखन चौधरी, लालमोहन चौधरी, रेशनीदेवी सरदार, अलिद चौधरी, सूर्यमान तमांग, रामदेव यादव, विरेन्द्र साह, विशेश्वर साह, धर्मनाथ यादव, राजकरण सिंह, राजकुमार यादव लगायतका छन् ।