वीरगन्ज १० पौष । पीसफर दलित फाउन्डेसन नेपालका अध्यक्ष तथा समाजसेवी शिक्षक मनोज राम भीममाया स्मृति प्रतिष्ठानद्वारा आयोजित ´भीममाया स्मृति पुरस्कार` बाट सम्मानित भएका छन् ।

शनिबार काठमाडौंको अनामनगरमा रहेका युनियनहाउमा आयोजित एक कार्यक्रमकासाथ प्रतिष्ठानले रु ५००००/ पचासहजार सहित द‍ोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गरिएको छ ।

राम नेपाल सरकारको शिक्षक हुँदाहुँदै विगत पाँच वर्षदेखि दलित समुदायको समाजिक शैक्षिकक्षेत्रमा अनवरतरुपमा सेवामा समर्पित रहँदै आएका छ । उनको फाउन्डेसनसेवालाई नेपाल सरकारका पूर्वसचिव डा.मानबहादुर विश्वकर्माले स्थलगत अध्ययन अनुसन्धान गरी सम्मानित र पुरस्कृत गरिएको कार्यक्रममा उपस्थित चन्द्रकिशोर रामले जानकारी दिनुभयो ।