वीरगन्ज ९ पर्सा । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको पर्सा संयोजकमा प्रभावशाली युवा नेता प्रमानन्द राम चयन भएको छ ।

पर्साको सखुवाप्रौनी गापा ३, कौवाबन कटैयामा आयोजित जागरण सभा कार्यक्रमबाट जिल्ला कार्यसमिति गठन भएको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी पासवान, सचिव दिपेन्द्र राम, कोषाध्यक्षमा गौतम देवी, सहसचिवमा विनोद राम रहेका छन् भने सदस्यहरुमा जयप्रकाश माझी, हफीम माझी, रमेश बैठा, गुदर मलिक, जयलाल राम, सुरज महरा, रामरती साफी, अबधेश राम, रामसेवक राम, बलकिसुन माझी, गजेन्द्र राम, प्रयाग माझी, भीखन राम, मोहन चमैन, संजोग राम, रामरती चमैन, गोरख राम, खलिल राम, सरस्वती देवी मोची, हरेलाल राम लगायतका छन् ।

जयलाल रामको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी इन्चार्ज राजेश विद्रोहीले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए भने विशिष्ट अतिथिको रुपमा जागरणका सप्तरी संयोजक प्रथमलाल राम, अतिथिहरुमा पिसफर फौन्डेशनका अध्यक्ष तथा समाजिक अभियनता मनोज राम, चन्द्रकिशोर राम, मनोज राम, हिरालाल राम लगायतले शुभकामना मन्तव्य समेत राखेका थिए ।