सिरहा ८ पौष । सिभिल बैंकको वार्षिकोत्सबमा सिरहाको गोलबजारमा रहेको शाखाले श्री जनता नमुना मावि चन्द्रलालपुर चोहर्वाकी कक्षा ८ मा अध्ययनरत नारगिस खातुनलाई पाँच हजार नगद अध्ययन खर्च प्रदान गरिएको छ ।

खातुन विधानमा निकै गरिब, जेहन्दार र विपन्न रहेको हिसाबले उसलाई पढाइमा सहयोग गर्नुपर्छ भनेर पहिलेदेखि निगरानी गरिरहेकाले आज उसको सपना पुरा गरेको बैंकका शाखा प्रबन्धक अरुणकुमार महतोले जानकारी दिनुभएको छ । एक कार्यक्रमको साथ उनलाई छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा बैंकका कर्मचारी, विधालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।