लहान १५ मंसिर । नेकपा एमालेको कार्यक्रम चितवन पुगेका सप्तरी सुरुंगा नगरपालिका ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएपछि शोकमा रहेका गरिब परिवारलाई राष्ट्रिय दलित मुक्ति जागरण अभियानको पहलमा जसपाका स्थानीय युवा नेता साविर हुसेनले क्रिया खर्चवापत दशहजार सहयोग गरेका छन् ।

भगलु ९ गते बेलुका साथीहरूसँगै एमालेको केन्द्रीय अधिवेशनमा चितवन पुगेका थिए । बाटोमा दुईघण्टा जाम हुँदा उनी सहितका साथीहरू पथलैया जंगलमा अराम गर्दै गर्दा उनी जंगलमै छुटेका थिए । भोलिपल्ट उनी घाइते अवस्थामा चितवनको अस्पतालमा भेटेका थिए । उपचारको क्रममा १३ गते उनको मृत्यु भएको थियो ।