काठमाडौँ । सरकारले एक्कासी संकटकालको घोषणा गरेको छ । सरकारको उक्त घोषणापछि देशैभर तरंग छाएको छ। क्यानाडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको हो ।
आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो । कोलम्बियामा मंगलबार राति ठूलो आँधी आएको थियो । आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए ।

आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

यस्तै यता भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् । भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकतम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढिरहेको छ । वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् ।

तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् ।