जनकपुरधाम, १ मंसिर । भारतका सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोनकर शास्त्रीले नेपालको संविधानमा उल्लेख धारा कार्यान्वयमा आएमा दलितको विकास स्वतः हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल भ्रमणको क्रममा बुधवार जनकपुरधाम आएका शास्त्रीले पत्रकारहरुको घेटघाटको क्रममा सास्त्रीले भने, ‘भारतमा ३५ करोड दलित समुदाय हुन । भारत सरकारले यत्रो ठूलो संख्याका समुदाय दबिएमा, पिछडिएमा मुलुक नै पछाडि पर्ने सोचका साथै भारतमा दलितको समुचित विकासका लागि सयौंको संख्यामा योजनाहरु ल्याए । आज भारतमा दलित समुदायको अवस्था हदैसम्म राम्रो छ । नेपालको संविधानमा पनि दलितहरुको उत्थान धाराहरु ल्याइएको छ, त्यो कार्यान्वयनमा आएमा दलितको विकास हुने नै छ ।’

उनले केहि नेतासँग भेटघाट भएपनि आफू राजनीतिक भ्रमणमा नआएको बताए । ‘सामाजिक र धार्मिक यात्रामा आएको हुँ’, उनले भने, ‘सामाजिक संगठन, केहि धार्मिक संगठनसँग पनि अन्तरक्रिया भएको छ । दलितको समस्या समाधान हुन्छ ।’

प्रवक्ता शास्त्रीले नेपाल भारतबीचको सम्बन्ध प्रौराणिक कालदेखि प्रगाढ रहेको छ । धार्मिक, साँस्कृतिक एवं राजनीतिक सम्बन्ध अझै प्रगााढ होस् हामीले जानकी मातासँग कामना गरेको बताए् ।

त्यसैगरी राजनीति दलका नेताहरुसँग भेटघाट गर्दै बीजेपी प्रवक्ता शास्त्रीले भारत सरकार नेपाललाई सधैं खुशियाल हेर्न चाहेको बताउँदै यहाँका धार्मिक विकासको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सन्देश दिने पनि बताएका छन् ।

प्रवक्ता शास्त्रीलाई जनकपुरधाममा केही राजनीतिक दलका नेता तथा दलित समुदायका अगुवाहरुले जनकपुरधाम विमान स्थलमा पुगेर भव्य स्वागत गरेका छन् । प्रवक्ता शास्त्रीले जनकपुरधाम विमान स्थलबाट सिधैं जानकी मन्दिरमा पूजापाठ गरेका थिए । जानकी मन्दिरमा पूजापाठ पश्चात् जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताहरुसँग भेटघाट गर्दै माडवारी सेवा समितिमा पत्रकारहरुको भेटघाटपछि राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गरेका हुन । उनी बेलुका ४ बजेटको प्लेनबाट पुनः काठमाडौं फर्केका छन ।