सिरहा लहान, ३० कात्तिक । दलितलाई निर्घात कुटपिट गरि झुठा मुद्दा लगाएर हिरासतमा लिएको विरुद्धमा आज लहानमा प्रदर्शन गरेको छ । आफुलाई कथित उच्च जाती भन्दै दलितहरुलाई लहान ३ मा केही दिनदेखि विभिन्न यातना दिँदै आएको सार्वजनिक भएको छ । सोही घटनामा उल्टो पीडितलाई नै ईलाका प्रहरी कार्यालय लहानले हिरासतमा लिएको विरुद्धमा दलित संयुक्त संघर्ष समितिले आज टायर बाल्दै लहानमा कोणसभा गरेको छ । दलितसंग गैर दलित समुदायले विहे गर्नु हालसम्म पनि समाजलाई स्विकार्य छैन् र यो नौलो बिषय पनि होईन । यदि दलित समुदायले गैरदलित समुदायसंग विहे गर्यो भने त्यसको नराम्रो परिणाम परिवारले भोग्नु परिरहेको उदाहरणहरु धेरै छन् । यस्तै प्रकारको यातना खेपिरहेका छन् सिरहाको लहान नगरपालिका वडा नम्बर – ३ का एक दलित विपन्न परिवार । सिरहाको लहान नगरपालिका वडा नम्बर – ३ रघुनाथपुर बस्ने महेश साफी र पिंकि साफीको लामो समयदेखि प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्धका कारण हतार हतार केटा र केटी दुबैको संयुक्त सहमतिमा २०७८ कार्तिक ४ गते कठमाण्डौको पशुपतिनाथ मन्दिरमा भागी विहे भयो ।

आफुहरुको कानुन सम्बत बिहे गर्ने उमेर नपुगेको बुझ्दा बुझदै गहिरो प्रेम सम्बन्धका कारण उनीहरु बिहे गरे । भन्छन् प्रेम अन्धो हुन्छ । केटाको कतारको लागि भिसा आईसकेको थियो । केटा कतार जाने भएकोले दुवैको सहमतिमा उनीहरु हतार हतार काठमाडौमा बिहे गरे । बिहे गरेको केही दिनमै केटा कतार गए । केटा हालसम्म कतार मै छन् । केटाको विहे गर्ने उमेर पुरा भैसकेको छ , केटी नावालिक छिन् । केटिको उमेर करिव १८ बर्षको मात्र छ । यसैलाई मुख्य कारण बनाई केटीका वुवाआमा, समाज र परिवारका केही सदस्यलगायत समाज अहिले केटाको परिवारलाई मानसिक र समाजिक रुपले यातना दिईरहेको छ । गैरदलित कामैत थरको केटी संग विहे गरेको कारण अहिले समाजको मान्छेबाट केटाको परिवारले यातना सहनुपरेको केटाको आमा मन्तोरदेवी साफिले आज पत्रकार सम्मेलनमा उक्त कुरा बताइन् ।

मेरो ईज्जत् तिमिहरुले बर्वाद गर्यौ , अब तिम्रो सम्पुर्ण परिवारको ईज्जत् हामीले बर्बाद गर्छु भनेर पटक पटक केटीको परिवारबाट धम्की आईरहेको उनले सुनाईन् । राती रातिमा गुण्डाहरु आई ढोका खोल्न भनिरहेको छ , धाक धम्कि दिनुको साथै मेरो देवरको श्रीमति सिमा साफी र माईली बुहारी सबिता साफीलाई मारपिट गरेको उनले सुनाइन् । मारपिटका कारण माईली वुहारी सविता साफिको करिब ३ महिनाको बच्चा खेर गएको छ भने देवरको श्रीमती सिमा साफिलाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको उनी सुनाइन् ।, केटी पक्षधरले उल्टै छोरीको अपहरण र बलात्कारको मुद्दा ईलाका प्रहरी कार्यालय लहानमा दर्ता गराएको छ ।

प्रहरीले अनुसन्धान नै नगरी विभिन्न नेताको दवावमा मुद्दा दर्ता गरिसकेको छ , प्रहरीले आफ्नो श्रीमान् ( केटाको वुवा ) शत्रुधन साफिलाई पक्राउ गरिसकेको छ , देवरको श्रीमती सिमा साफीलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको थियो । केही घण्टा पछि प्रहरीले उनलाई छोडेको सुनाईन् । उता, ईलाका प्रहरी कार्यालय लहानले अदालतको आदेशमा मुद्दा दर्ता गर्नुपरेको हो । केटीलाई केटीको आमा वुवाले बिहे गर्ने तयारी गरेकोले हाल केटी फरार रहेको छ । छोरा हाल कतारमा छन् । छोरासंग बुहारीको कुराकानी हुन्छ् । बुहारीले छोरालाई फोन गर्दा तिमी बिना म बाच्न सक्दिन भन्ने गरेको कुरा छोराले फोन मार्फत मलाई सुनाउने गरेको केटाको आमाले बताईन् ।

मलाई अर्को बिहे गरिदियो भने म बाच्न सक्दिन भनेर बुहारीले छोरालाई भन्छन् । प्रहरी ,प्रशासन , समाज सबै उनैको पक्षमा छन् , बारम्बार केटी पक्षको समूह आएर ज्यान मार्ने धम्की दिने गरेको छ, बुहारीको उमेर नपुगेकोले हामी प्रहरीको समक्ष उनको छोरीलाई परिवारको जिम्मा दिएको थिए , अर्को बिहे गराईदिन्छु भन्दा उनी घर छोडेर भगेकोमा हाम्रो परिवारको के दोष ? आमा मन्तोरदेवि साफिको भनाई छ । झुठा मुद्दा लगाएर परिवारलाई फसाउन खोजेकोले न्यायका लागि प्रहरी प्रशासनसंग साफीको परिवारले पत्रकार सम्मेलन मार्फत गुहार गरेका छन् ।