बिहिबार ४ कार्तिक २०७८ । अमेरीकामा पहिलो पटक सुंगुरको मृगौला मानव शरीरमा प्रत्यारोपण गरिएको छ । न्यूयोर्कको एनवाईयु हेल्थ मेडिकल सेन्टरका सर्जनहरुले यो सफल प्रत्यारोपण गरेका हुन् । मानिसको शरीरमा उक्त मृगौलाले काम समेत गरीरहेको बताईएको छ । यसले आगामी दिनमा मानव अंगको कमीको विकल्प दिन सक्ने बताईन्छ । सुंगुरको शरीरका कोशीकामा रहेको सुगरको समस्या पनि समाधान गरी मानव अंगमा प्रत्यारोपण गर्न सकिने ती चिकित्सकहरुले बताए । यस सुंगुरको जेनेटिक मोडिफाईड गरी मानव अंगको विकल्पमा प्रत्यारोपण गरिएको थियो ।

यो परीक्षण ब्रेन डेड बिरामीमा गरिएको समाचारमा उल्लेख छ । ती विरामीको मृगौला समेत लगभग खराब भईसकेका कारण यो प्रत्यारोपण गरिएको बताईएको छ । डा. रोबर्ट मोटेंगोमरीले मृगौला प्रत्यारोपणसँग सम्बन्धित सबै नतिजा सामान्य रहेको बताए । मानिसको सामान्य मृगौलाले जति पिशाब उत्पादन गर्दथ्यो , सुंगुरको मृगौलाबाट पनि उति नै भएको चिकित्सकहरुले बताए ।