राष्ट्रिय दलित मुक्ति जागरण अभियानको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२३ असोज । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले हिन्दुहरुको महा पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सिरहाको लहानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम अभियानका केन्द्रीय संयोजक राजेश विद्रोहीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता पतिराम सदाले गरेका थिए ।

यस्तै कार्यक्रमा जागरण अभियानका अभियानताहरु बद्री सदा, गंगा सदा, किशोर पासवान, चन्द्रनारायण राम, मनोज मेस्तर, श्यामसुन्दर राम, श्रवण राम, रामकृष्ण मण्डल, सत्यनारायण साफीको समेत उपस्थिति थियो । कार्यक्रममा संगठनका सयौं नेताकार्यकर्ताहरुको उपस्थित रहेको श्यामसुन्दर रामले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर