हामी नेपाल डटकम । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय बाणिज्य बैंकको कर्मचारी संगठनको प्रदेश २ को पहिलो अधिवेशनबाट प्रदेश अध्यक्षमा दरो राम चयन भएको छ । रामको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको सचिवमा आलोक कर्ण, सञ्जय साह सहसचिव, कल्पना साह कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा सुमन लामा लो, अभिषेक कुश्वाहा, राजन साह, अमृत चौधरी, माधव अधिकारी, प्रेम राउत, अशोक विश्वकर्मा रहेका छन् । त्यस्तै रामअवतार गुप्ता र कृष्ण प्रसाद सिंखडालाई सल्लाहाकारमा चयन गरेको हो भने समितिको उपाध्यक्ष अहिलेलाई रिक्त राखिएको छ । सो रिक्त पद पछि मनोनयन गरिने नवनिर्वाचित सचिव आलोक कर्णले जानकारी दिनुभएको छ ।

बिरगंजमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा प्रदेश २ इन्चार्ज गणेश साहको पनि उपस्थिति रहेको थियो । यस्तै अतिथिहरुमा राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश २ का सह इन्चार्ज मिन प्रसाद चपागाँई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवं प्रदेश २ इन्चार्ज सूर्यनारायण साह, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ का इन्चार्ज एवं प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटे मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुले निर्वाचितहरुलाई शुभकामना दिँदै बैंकिङ कारोबारको बारेमा आ – आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता रामले नै गरेका थिए ।