सिरहा, साउन ३० गते । श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा सिरहा जिल्ला अदालतले श्रीमानलाई आजीवन कारावासको फैसला सुनाएको छ । औरही गाउँपालिका ५, का २६ वर्षीय विनोद यादवलाई शुक्रबार अदालतले सो सजायको फैसला गरेको हो ।

विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाएर हत्या गरेको ठहर अदालतले गरेको छ । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको हो ।

२०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आगो लगाएर हत्या प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैँले श्रीमतीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो ।