लहान २४ श्रावण । सप्तरीको सुरुङ्गा नगरपालिका ७, पोखरीयाकी २० वर्षीय ज्योति पासवानले झुन्डिएर आत्महत्या गरेकी छिन् । स्थानीय एकयुवक कृष्णा कुमार मिश्रासँग उनको प्रेमसम्बन्ध मात्र थिएन कि उनलाई फाल्गुनमा घरबाट भगाएर विवाह गरी केही दिन लहानको एक होटेलमा राखेर यौन शोषण पनि गरे ।

त्यसपछि युव उनलाई होटेलमा छोडेर फरार भए । त्यसपछि युवतीले आफ्नो घरमा फोन सम्पर्क गरी आमा बुवालाई बोलाएर सबै वृतान्त बताइन् । त्यसपछि नजिकै लहान प्रहरीमा उजुरी परि गरिन । तर, कम उमेरको कारण प्रहरीले युवतीलाई आमाबुवाकै जिम्मा लगाए ।

केटी दलित जातिमा पर्ने पासवान दुसाद जातकी थिइन भने केटा तराईको बाहुन मिश्रा थरका थिए । जातकै कारण उनीहरुको केही समय माया त मिल्यो तर जात मिलेन । ´जातकै कारण युवक फरार भएको` समाजसेवी ललिता दासले बताइन् । युवती सनिवार २३ गते घर नजिकै मानसिक तनावमापरी रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन् । समाजसेवी ललिताले थपिन, सम्बन्धित निकायले घटनाको सत्यतथ्य छानवीन गरी युवकलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कार्वाही गरियोस्, र पीडित परिवारलाई न्याय सहित क्षतिपूर्तिको व्यवस्था गरियोस्, नभए हामी आन्दोलित हुन्छौं ।

जात व्यवस्था कति नजिर बन्दै गएको छ कि नयाँ युवा पीढीलाई समेत मृत्युको मुखमा पुर्याउने गरेको छ । उतिबेलाको जात व्यवस्थाले न त स्वभाविक मानवीय प्रेमलाई स्वीकार्न सकिरहेको छ न त समाजिक अवस्थाले । यसकै उदाहरणहुन् सप्तरी सुरुङ्गा नपा ७, पोखरियाकी २० वर्षीय युवती ज्योती पासवानलाई स्थानीय युवक कृष्णा मिश्राले प्रेम जालमा पारेर फाल्नुमा भगाउँछन् । विवाह गरेर केही महिना लहानको एक होटेलमा राख्छन् । यौन शोषण गर्छन् । त्यसपछि सोही होटेलमा उनलाई छोरेर युवक फरार हुन्छ । युवती आफ्नो घरमा फोन गरेर बुवाआमालाई बोलाउँछन् । प्रहरीलाई खबर हुन्छ । तर, युवतीको कम उमेर भएको कारण प्रहरीले आमाबुवालाई नै जिम्मा लाउँछन् । मानसिक तनावले हिजो २३ गते युवती घर नजिकै एक रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन् । घटनाको सत्यतथ्य छानवीन गरी दोषी युवकलाई हदैसम्मको कार्वाही र पीडित परिवारलाई न्याय सहित छतिपूर्तिको व्यवस्था माग स्थानीयहरुले गरेका छन् ।