ललिता दास, लहान २४ श्रावण । जात व्यवस्था कति नजिर बन्दै गएको छ कि नयाँ युवा पीढीलाई समेत मृत्युको मुखमा पुर्याउने गरेको छ । उतिबेलाको जात व्यवस्थाले न त स्वभाविक मानवीय प्रेमलाई स्वीकार्न सकिरहेको छ न त समाजिक अवस्थाले । यसकै उदाहरणहुन् सप्तरी सुरुङ्गा नपा ७, पोखरियाकी २० वर्षीय युवती ज्योती पासवानलाई स्थानीय युवक कृष्णा मिश्राले प्रेम जालमा पारेर फाल्नुमा भगाउँछन् । विवाह गरेर केही महिना लहानको एक होटेलमा राख्छन् । यौन शोषण गर्छन् । त्यसपछि सोही होटेलमा उनलाई छोरेर युवक फरार हुन्छ । युवती आफ्नो घरमा फोन गरेर बुवाआमालाई बोलाउँछन् । प्रहरीलाई खबर हुन्छ । तर, युवतीको कम उमेर भएको कारण प्रहरीले आमाबुवालाई नै जिम्मा लाउँछन् । मानसिक तनावले हिजो २३ गते युवती घर नजिकै एक रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन् । घटनाको सत्यतथ्य छानवीन गरी दोषी युवकलाई हदैसम्मको कार्वाही र पीडित परिवारलाई न्याय सहित छतिपूर्तिको व्यवस्था माग स्थानीयहरुले गरेका छन् ।