लहान २२ श्रावण । सिरहामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको बैठक सम्पन्न भएको छ । सिरहाको गोलबजार नगरपालिका १, बलडाडाको प्रावि स्कुलमा आयोजित कार्यक्रमको अध्यक्षयता स्थानीय दलित संघर्षसमितिका अध्यक्ष तेतर रामले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानको पूर्वी संयोजक राजेश विद्रोहीले गरेका थिए । विद्रोहीले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै विशिष्ट अतिथि जागरण अभियानका सप्तरी संयोजक प्रथमलाल रामले पनि आफ्नो महत्वपूर्ण मन्तव्य राखेका थिए भने कार्यक्रममा दलित अगुवाहरू दुखी राम, सबुरलाल महरा, नारायण महरा, परिक्षण सदा, राजु विश्वकर्मा,सूर्यनारायण राम,नारायण मण्डल,रुती सदा, कामेश्वर पासवान, प्रकाश बिक, कृष्णमाया विक, दशरथ विक, प्रिता मलिक, सुकन महरा, नारायण महरा, दुखनी महरा, राजवती महरा,असलामी महरा,ललिता महरा, राजकुमार महरा लगायत जिल्ला भरीका १८ वटै स्थानीय तहबाट ८० जना दलित अगुवा लिडरहरुको उपस्थित रहेको थियो । उपस्थिति दलित अगुवाहरुले दलित एकता र दलित आन्दोलनमा देखिएको समस्याहरुको बारेमा रिपोर्टिङ समेत गरेका थिए ।