लहान, श्रावण ९ । सिरहामा चमार समाज कल्याणद्वारा पीडित परिवारलाई राहत वितरण गरेको छ । असार ८ गते सिरहा सखुवाननकारकट्टी गाउँपालिका २, का स्वर्गीय बिजला चमारको छोरा रामपुकार चमारको रोजगारको क्रममा काठमाडौंमा तीनतले भवनबाट झरेपछी मृत्यु भएको थियो । परिवारिक ऋण तिर्न उनी लकडाउनमा काठमाडौं मजदुरी गर्न पुगेका थिए ।

पारिवारिक अवस्था निकै कम्जोर रहेकाले चमार समाज कल्याणद्वारा परिवारलाई राहत दिएका छन् । मृतकको घरमा विधुवा आमा, विधुवा बहिनी र गर्भवती श्रीमती छन् । साउदी अरवीया शाखाबाट चमार कल्याण समाजले राहतमा रु ९ हजार नगद, पच्चास (५०) कि.ग्रा.चामल, तीन (०३) कि.ग्रा. दाल, दुई (०३) कि.ग्रा.प्याज, दुई (०२) लिटर खाने तेल,एक (०१) थान साडी लगायत लगाउने तेल, लत्ताकपडा, औषधि लगायतका सामग्री सहयोग गरेको चमार कल्याण समाज नेपालका बरिस्ठ सल्लाहकार सेवल महराले जानकारी दिनुभएको छ । वितरण कार्यमा नेत्री अमिरिका देवी मोची र दलित अभिनेता इन्दल महरको समेत उपस्थिति रहेको थियो ।