दिनेश पासवान, श्रावण १ सप्तरी । सप्तरीको खड्क नगरपालिका ६, मा काजल पासवानको संयोजकत्वमा ३६ सदस्यीय ´राष्ट्रिय दलित मुक्ति जागरण अभियान` गठन भएको छ भने जीवछ पासवानको संयोजकत्वमा २१ सदस्यीय ´दलित जागरण युथ फोर्स` गठन भएको छ ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियान अभियानको मूल कमिटी रहेको छ भने भातृसंगठनको रुपमा दलितभित्र रहेका अन्य जाती र महिला,युवा, विधार्थी, पत्रकार, शिक्षक, कर्मचारी, मजदुर, बुद्धिजीवी लगायतका पेशागत संगठनहरु अभियानको जनवर्गीय संगठनको रुपमा रह्ने सप्तरी संयोजक प्रथमलाल रामले जानकारी दिनुभएको छ ।

यो अभियान तराई मधेस, हिमाल पहाडका दलित समुदालाई एकठाउँमा ल्याउन र हरेक हिसाबले जागृत गराउने चेतनामूलक अभियान रहेको अभियानका केन्द्रिय अभियानता गंगा सदाले जानकारी दिनुभएको छ । सप्तरीको खड्क नगरपालिका ६, मा आयोजित सो कार्यक्रममा विशेष अतिथिको रुपमा अभियानका पूर्वीसंयोजकको समेत उपस्थिति थियो भने विभिन्न वक्ताहरुले आफ्नो धारणा समेत राखेका थिए ।

कार्यक्रममा अभियानका अभियानताहरु गंगा सदा, चलितर मण्डल, बद्री सदा, चन्द्रनारायण राम, राधा पासवान, विरेन्द्र मण्डल, शम्भु राम, मनोज पासवान, दुर्गा पासवान, दिनेश पासवान, शिव मरिक, संजीव मरिक, प्रदिप पासवान, मुकेश पासवान, जीवन पासवान, सुनिल मलिक,हिरालाल पासवान, विकास पासवान, लगायतका उपस्थित थियो । यो अभियान फाल्गुन १ गतेबाट पूर्वको सप्तरी र पश्चिमको दैलेखबाट एकैसाथ उद्घोष भएको हो । जसको पूर्वीसंयोजक राजेश विद्रोही र पश्चिमसंयोजक खगेन्द्र सुनारले गरेका छन् ।