दिनेश पासवान, श्रावण १ सप्तरी । सप्तरीको खड्क नगरपालिका ६, मा दलित युथ फोर्स गठन भएको छ । जीवछ पासवानको संयोजकत्वमा २१ सदस्यीय दलित युवा दस्ताको गठन भएको हो ।

यो युवा दस्ता राष्ट्रिय दलित मुक्ति जागरण अभियान ( रादमुजा – अभियान ) को भातृसंगठनको रुपमा रहेको अभियानको सप्तरी संयोजक प्रथमलाल रामले जानकारी दिनुभएको छ । त्यस्तै काजल पासवानको नेतृत्वमा ३५ सदस्यीय राष्ट्रिय दलित मुक्ति जागरण अभियान पनि गठन भएको छ ।

फाल्गुन १ गतेबाट पूर्वको सप्तरी र पश्चिमको दैलेखबाट एकैसाथ यो अभियानको उद्घोष भएको हो । जसको पूर्वीसंयोजक राजेश विद्रोही र पश्चिमसंयोजक खगेन्द्र सुनारले गरेका छन् । कार्यक्रममा अभियानका अभियानताहरु गंगा सदा, बद्री सदा, चन्द्रनारायण राम, राधा पासवान, विरेन्द्र मण्डल, शम्भु राम, मनोज पासवान, दुर्गा पासवान, दिनेश पासवान, शिव मरिक, संजीव मरिक, प्रदिप पासवान, मुकेश पासवान, जीवन पासवान, सुनिल मलिक,हिरालाल पासवान, विकास पासवान, लगायतका उपस्थित थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा राजेश विद्रोहीले जागरण अभियानको बारेमा विशेष प्रशिक्षण दिएका थिए भने चलितर मण्डल लयातका वक्ताहरुले पनि आफ्नो धारण राखेका थिए ।