असार २०,काठमाडौं । दलित जातिमा पर्ने दमाई भाषाको लिपी भेटेपछि सबै तरंगित भएका छन् । कुनै समय दलित समुदायमाथि पशुभन्दा पनि खतम व्यवहार गर्ने आफूलाई उच्च जाती कहलाउनेहरुले यो कुरा सुनेपछि निशब्द बनेका छन् । किनभने एकसमयको युगमा दलित समुदायको राज्य, भाषा, संस्कृति र भूगोल हड्पेर आफ्नो निजीकरण गरेको आफूलाई ठूलो जाती कहलाउनेहरुलाई यो विषय टाउको दुखाइको विषय भएको । दलितको बारेमा कसैलाई बोल्न लेख्न प्रतिबन्ध थियो । बोलेको र लेखेको खण्डमा मुखको थुतुनो सिउने, लेखेमा हात काटिदिने, पढिरहेको बेद सुनेमा कानमा तातो फलाम पगालेर हालिदिने, आफूरहेको जातभन्दा अरु जात नै नामाकरण गरेर विभेद गरी समाजिक बहिष्कार गर्ने, आदि अन्याय अत्याचार गर्थे । मुलुकमा प्रजातन्त्र आइसकेपछि दलित समुदायको विभिन्न विषयहरू चर्चामा आइरहेका छन् । तर यतिका दिन राजनीतिक रुपमा उठेको विषय पनि राजनीतिक दलका नेताहरुले ओझेलमा पार्दै आएका छन् । अहिले पनि दलितमाथिको राजनीतिक दृष्टिकोण फेरिएको छैन् । मुलुकमा लोकतन्त्र आइसकेपछि अहिले दलितको समुदायको छुट्टै राज्य, भूगोल, भाषा र संस्कृति रहेको प्रमाणहरु भेटिन थालेका छन् । तर, यो विषयमा राज्यको कुनै खोज अनुसन्धान छैन् । किनभने राज्यको बागडोर उनैको हातमा निरन्तर छ, जसको पुर्खाले मानवजातिभित्र जात व्यवस्था लादेर दमन शोषण र अत्याचार गरे । कुनैबेला धर्म र संस्कृतिको नाममा राज्य संचालन गरेर विभेद गरे । आज उनकै सन्तानहरु लोकतन्त्र पनि कब्जा गरेका छन् ।

दलित विषयमा निरन्तर खोज अनुसन्धान गर्दै आएका अनुसन्धान कर्ता तथा विचारक डिबी नेपालीले आफ्नो फेसबुक वालमा लेखेको कुरा जस्ताको त्यस्तै, ´करिब १५ वर्ष अघि एकजना मित्रले दमु (दमाई ) मातृभाषाकाे बारेमा सुचना दिनुभयाे । खाेज्दै पुगेँ । हुन् त उनी विद्यावारिधिवाला डा.हुन् । उहाँले दमुमातृभाषाकाे छाँयाकपी उतारेर राखेका रहेछन् । तर मलाई परैबाट हेर्नचाँहि दिए । तर अलि नियालेर हेर्न, समाउनै दिएनन् । हेर भाइ यसकाे महत्त्व सयवर्ष पछि हुन्छ भने । मनमा निकै चाेट पर्याे । जसकाे विहे उसैले हेर्न नपाउनु भने जस्तो भयो । मनमनै साेचेँ एकदिन आफ्नाे मातृभाषाकाे जरैसम्म पुग्छु भनेर उनकाे काेठाबाट बिदा भएर निस्के । उनी इतिहासका प्राध्यापक पनि हुन् । बा, आमाले उखान सुनाउथे- इख नभएको मान्छे र बीष नभएको सर्प केही काम लाग्दैन । त्यही इखकै कारण आज लाेपाेन्मुख दमृमातृभाषाकाे नजिक पुग्न सफल भएँ । खाेजमा हातेमालाे गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । केही नमुना शब्द तल हेर्नुस- खस नेपाली भाषा,( दमु (दमाई/कलउते) मातृभाषा, मिलेका मुख – सिङ्की मवाड,अर्ति उपदेश – तुडुबुडु, सम्झना -साैराई, स्थान – थाईए, बस्ने ठाउँ – गड, दल समूह – कटकले, कम्मर – ढाट, ) दमाईँ र गन्धर्व मातृभाषाका लाेपाेन्मुख अक्षर, शब्द प्राप्त भएकोले अब थप अनुसन्धान गर्न बाटाे खुलेको छ । वर्षाै अघिदेखिकाे मेराे सपना विपनामा परिणत हुने संभावना बढेकाे छ । हेराै सम्बन्धित निकायले कति साथ दिन्छन् । दमु (दमाईँ) मातृभाषाकाे स्वरवर्णबाट मैले सग्ला अक्षर लेख्ने प्रयास गरेकाे छु । मातृभाषाका केही पुरातात्त्विक दस्तावेजहरू । तल हेर्नुहाेस ।